हातमा सिप नभएर बेरोजगार हुनुहुन्छ ? सिलाइ कटाइदेखि मोटरसाइकल मर्मतसम्म निःशुल्क तालिमको अवसर

काठमाडौँ । राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले निःशुल्क तालिम दिने भएको छ । केन्द्रको चौथो चौमासिक अवधिमा सीप अभिबृद्धि तालिम (एड्भान्स) र सीपमुलक तालिम (बेसिक) दिन लागिएको हो ।
सीप अभिबृद्धि तालिम अन्तर्गत प्याट्रन सिलाइ कटाइ (एडभान्स), फेसन डिजाइनिङ, बेकरी एड्भान्स र ब्यूटिसीयन एडभान्स रहेका छन् ।
यस्तै बेसिक सीपमुलक तालिम अन्तर्गत हाते इम्ब्रोइडरी, मेसिन इम्ब्रोइडरी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वाइरिङ, डल बनाउने, खाद्य प्रशोधनलगायतका २० किसिमका तालिम तय गरिएको छ ।
तालिममा छनोट गर्दा मधेसी, अपाङ्ग दलित, जनजाती, सहिद परिवार र पिछडिएका वर्ग एवम् क्षेत्रका व्यक्तिहरु र एड्भान्स तालिमको हकमा बेसिक तालिम प्राप्त गरी आयआर्जनमा संलग्नलाई विशेष प्राथमिकता दिइने केन्द्रले जनाएको छ ।
इच्छुक उम्मेदवारले मंसिर २० भित्र केन्द्रको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा आवेदन दिनुपर्ने शुक्रबार प्रकाशित भएको सूचनामा उल्लेख गरिएको छ ।

को हुन त ज्वा’ला का प्रेमी? भ्यालेन्टाईनमा गरिन् प्रेमी सार्वजनिक
Previous articleमालपोत कार्यालयका नासु घुस लिँदालिँदै समातिए
Next articleमालपोत कार्यालयका प्रमुख ५ लाख घुससहित पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।