साउदी अरेबियाले (इन्डोर डाइनिङ) अर्थात रेस्टुराँ, खाजाघर, चिया पसल लगायतमा तयारी भएका खानेकुरा घरभित्र खान खानुपर्ने प्रणाली हटाउने भएको छ । साउदी सरकारले मार्च ७ तारिखबाट इन्डोर डाइनिङ हटाउने, जिम र सिनेमाघर खुलाउन लागिएको एसपीएले उल्लेख गरेको छ । अब रेस्टुराँ तथा खाजाघर लगायतमा तयारी भएका खानेकुरा सोही ठाउँमै खाना सक्ने भएको छ ।
एसपीएका अनुसार अति आवश्यक कामका लागि २० जनासम्म भेला हुनसके पनि विवाह, सभा, सम्मेलन लगायत भने अर्को सूचना जारी नभएसम्म बन्द रहने छन् । यसअघि साउदी सरकारले फेब्रुअरी ४ तारीखबाट १० दिनका लागि घोषणा गरेका इन्डोर डाइनिङ २० दिन थपेका थिए । कोरोना संक्रमित बढ्न थालेपछि इन्डोर डाइनिङसँगै सभा, सम्मेलन, विवाह, भोज, जिम र सिनेमाघर बन्द गर्न सरकारले उर्दी जारी गरेका थिए ।
तीन सयभन्दा धेरै संक्रमित निको
साउदी अरेबियामा शुक्रबार ३८४ जना कोरोना संक्रमित थपिएको छ । यससँगै साउदीमा हालसम्म ३ लाख ७९ हजार ९२ जना कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । डा.अब्दुलीका अनुसार शुक्रबार ३०९ जना कोरोना बिरामी उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म साउदीमा ३ लाख ६९ हजार ९२२ जना बिरामीहरु घर फर्किसकेको उनको भनाइ छ ।
यहाँ गत महिनादेखि दैनिक झन्डै ४ सयको हाराहारीमा कोरोना संक्रमित थपिदै आएका छन् । साउदी सरकारले यसअघि दैनिक १५० देखि २ सयको हाराहारीमा संक्रमित भेट्न थालेपछि पूर्णरूपमा लकडाउन हटाएका थिए । पनि पछिल्ला दिन भने बढेर ३ सयभन्दा धेरै संक्रमित थपिन थालेको डा. अब्दुलीको भनाइ छ । संक्रमितमध्ये २ हजार ६५१ जना साउदीका कोभिड अस्पतालहरुमा उपचार लिइरहेको डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार तीमध्ये ५०९ जना बिरामीहरु ग’म्भीर अवस्थामा उपचार भइरहेका छन् ।
त्यसैगरी प्रवक्ता डा.अब्दुलीका अनुसार शुक्रबार ५ जना कोरोना बि’रामीले ज्या’न गु’माएका छन् । अहिलेसम्म ६ हजार ५१९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीको भनाइ छ । यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ्य मन्त्रालयका टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।
त्यसैगरी साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले यहाँको सरकारद्वारा तयार पारेका कोरोना रोक’थामका विधिलाई अपनाउन आग्रह गरे । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा नेपालीहरुलाई त्यति धेरै स’मस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने ग’लत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको हो’, राजदूत राजपुतले भने,’ कोरोनाले पी’डित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत अन्य सामाग्री उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’
चितवनमा बन्ने रेलमार्गको डिजाइन अन्तिम चरणमा, रत्ननगरका कुनकुन वडामा रेलमार्ग पर्छ?


