साउदीको दु:ख- ‘ज्या’न जोगा’उन वर्षौं काम गरेको बोनस र तलब माया मा’रेर साउदीबाट घर आएँ’

रौतहट – परदेश नजाउन्जेल पैसा कमाउन त जे पनि गर्छु जस्तो लाग्छ । तर त्यो परको अर्काको देशमा सोच्दै नसोचेका दुःख क’ष्ट आइपर्छ तब मानिसलाई पैसाको भन्दा ज्या’नको माया लाग्छ थाल्छ । त्यसैले त गौर नगरपालिका १ का दिनानाथ तिवारीले साउदीमा वर्षौं काम गरेको बोनस र तलबसमेत छाडेर घर फर्कनुभयो । अप्ठे’रो परिस्थितिमा पैसाको भन्दा पनि ज्या’नको माया लाग्यो । सोच्नुभयो – ‘ज्या’न भए पैसा त कमाइएला नि ।’

घरको आर्थिक अवस्था सु’धार्न र दिदीबहिनीको विवाहका लागि खर्च जु’टाउन दिनानाथ सन् २०१४ मा साउदी जानुभएको थियो । सुरुका दिनमा काम र कमाइ ठिक ठिकै भयो । बचेको जति रकम नियमित रूपमा घरमा पठाउनुभयो । दुई वर्षपछि भने तलब बढ्यो । मासिक ६० हजार रुपैयाँ कमाउन थाल्नुभयो । तलब बढ्दा खुसी नहुने को पो होला र । दिनानाथले पनि सप’नाहरु बुन्न थाल्नुभयो । मेडिकल कम्पनीमा जनरल वर्करका रूपमा जानुभएका दिनानाथको काम पनि सजिलो नै थियो ।

तर बिस्तारै कम्पनी घा’टामा जान थाल्यो । कम्पनी घा’टामा गएको बहा’नामा कम्पनीले तीन महिनामा मात्र तलब दिन थाल्यो । तर तीन महिनामा पनि एक महिनाको काम तलब दिन्थ्यो । ‘काम गरे पछि त एक दिन तलब आउला नि भन्ने आ’स भयो, आसैआसमा काम गरियो तर अरूको मन हाम्रो जस्तो नहुने रहेछ,’ दिनानाथ भन्नुहुन्छ । यही बेला साउदीमा कोरोना सङ्क्र’मण देखिन थाल्यो । साउदी मात्र होइन कोरोना महा’मारीले विश्व नै आ’क्रान्त हुन थाल्यो ।

यही मौ’कामा कम्पनी बिक्री भएको कुरा दिनानाथसहित अन्य कामदारले पछि मात्रै जानकारी पाउनुभयो । ‘हामीले त तलब माग्न जाँदा मात्र थाहा भयो साहुले कम्पनी बेचि’सकेका रहेछन्,’ दिनानाथ भन्नुहुन्छ,‘कम्पनी बिक्री भइसक्यो अब तिमीहरूको तलब नयाँ साहुले दिन्छन् पो भन्यो ।’ नयाँ साहुले पनि ब’हाना नै बनाए । अहिले आफूसँग रकम नभएको र बि’स्तारै दिँदै जाने बताए । तर त्यो बि’स्तारै दिन्छु भनेको दिन कहिले आएन । दिनानाथसहित कम्पनीका कामदारले तलब मागिरहे । साहुले बाहा’नाबाजी गर्दै टा’रिरहे । कम्पनीले आ’लटाल गर्दा कामदारको भने बे’हाल हुँदै गयो ।

वि’कल्प केही नभएपछि उनीहरूले दूतावासमा धर्ना दिए । साउदीको स्थानीय सञ्चार माध्यमले समेत उनीहरूको सम’स्यालाई उठाए । तर पनि केही भएन । एकातिर कोरोनाको क’हर अर्कोतिर कम्पनीको बे’वास्ता । ‘त्यो बेला त हामीलाई जि’उँदो घर फर्कन पाइन्छ कि पाइँदैन जस्तो लागेको थियो, पैसाका लागि ल’ड्दा ल’ड्दै म’रिने पो हो कि भन्ने भयो,’ दिनानाथ सुनाउनुहुन्छ । महा’मारीको त्यो समयमा दिनानाथसहित अन्य साथीहरू साउदीमा रहेको नेपाली दूतावासकै सहयोग माग्न गए । दूतावासले नै घर फर्कंन मेसो मिलाइदियो ।

घर फर्कन आफैंले साउदी रियाल एक हजार ख’र्च गर्नुपर्‍यो भने २१ दिन त जे’लमा समेत बस्न पर्‍यो । ‘धन्न त्यो बेला हामीलाई विभिन्न उपा’यहरू सुझाएर दूतावासले सहयोग गर्‍यो, नत्र हामी त बिच’ल्लीमै हुने थियौं,’दिनानाथ भन्नुहुन्छ,‘तर आफ्नो देश फर्कन बि’ना ग’ल्ती जे’लमा बिता’एका ती दिनहरू सम्झँदा भने दुःख लाग्छ ।’ दिनानाथ घर फर्कँदा उहाँले कम्पनीबाट पाउने बोन’स र बाँकी तलबका लागि मु’द्दा चलिरहेको थियो ।

आफू घर फर्कंने निश्चित भएपछि उहाँले आफूले पाउने रकम आफ्नो साथी इलामका डम्बर लिम्बूको नाममा अधिकार दिनुभयो । ‘मेरो जम्मा २ लाख ५० हजार रुपैयाँ रकम आउने थियो, त्यो रकम मेरो अनु’पस्थितिमा मेरो साथीले लिन मिल्ने बनाएर आएको तर अहिलेसम्म पनि पैसा आएको छैन,’दिनानाथले गु’नासो गर्नुभयो । उहाँ गएको जेठमा नेपाल फर्कनुभयो । घर आएको पनि १० महिना पूरा भइसक्यो ।

तर अहिलेसम्म पनि कम्पनीबाट त्यो रकम आएको छैन । भन्नुहुन्छ – ‘त्यो बेला पैसाको भन्दा त ज्या’नको माया लाग्यो, घर आउँदा बल्ल अब चाहिँ बाँच्छु भन्ने लाग्यो, पैसाको त के भरोसा र ।’ दिनानाथ आप्रवासी स्रोत केन्द्र रौतहटमा सहयोगका लागि पुग्नुभएको छ । केन्द्रले काठमाण्डौमा रहेको सीएमआइअआरसँग समन्वय गरेर दिनानाथको रकम झिका’उन प्रयास गरिरहेको छ । नीलु झा, रौतहट । उज्यालो अनलाईन 

https://ujyaalonepalnews.com/archives/13907

Previous articleकतारका कुरा: शुक्रवार देखि लागु हुँदैछ ३३ बुँदे निर्देशन, सचेत रहन र जरिवानाबाट बच्न आग्रह
Next articleMRP पासपोर्ट बनाउन हतार नगर्नुस, आउंदैछ नयाँ ई-पासपोर्ट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।