काठमाडौं : वैदेशिक रोजगार विभागले राहदानी विभागले निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी हुने भन्दै राहदानी बनाउन स्वदेश तथा विदेशमा रहेका कामदारहरुलाई ह’तार नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले चार दिनअघि अनावश्य’करूपमा राहदानी नबनाउन सर्वसाधारणलाई आग्रह गरेको थियो ।
सोही सूचनालाई आधार बनाउँदै वैदेशिक रोजगार विभागले सोमबार हालको मेसिन रिडेबल राहदानी (एमआरपी) नबना’उन अनुरोध गरेको हो । विभागले आफ्नो वेबसाइटमा राखेको त्यस सम्बन्धी सूचनामा चालक अनुमतिपत्र जस्तै वहाल अवधि बाँकी हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभई नयाँ नै बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै द’स्तुर नलाग्ने र आवश्यक परेको बखत जुनसुकै समयमा बनाउन सकिने भन्दै ह’तार नगर्न आग्रह गरेको छ ।
राहदानी ऐन २०७६ को दफा १२ र १४ मा राहदानीको वहाल रहने म्याद एक वर्ष भन्दा कम अवधि बाँकी रहेको अवस्थामा मात्र साधारण नयाँ राहदानीको लागि आवेदन गर्न सकिने प्रावधान रहेको स्मरण गराउँदै विभागले एक वर्ष भन्दा बढी वहाल अवधि रहेको राहदानीको नवीकरण हुन नसक्ने बताएको छ । विभागले विदेशमा रहँदा राहदानी वहाल रहने अवधि समाप्त हुन लागेमा विदेशस्थित नेपाली दूतावासमा आवेदन गर्न सकिने र नयाँ राहदानीमा पुरानो राहदानीमा रहेको श्रम र भिसाको व’हाल अवधि मान्य हुने बताएको छ ।
विभागले कुनै एक देशमा काम गरिसकेको राहदानी वाहक कामदार स्वदेश फर्की फेरि अर्को देशमा जानको लागि प्रक्रिया शुरु गर्न नयाँ राहदानी बनाउनु नपर्ने, वहाल रहने अवधि बाँकी रहेको पुरानै राहदानीबाट भिसा, श्रम स्वीकृति लिई नयँ देशमा जान सकिने बताएको छ । त्यसैगरी पुरानै राहदानीबाट भिसाका लागि आवेदन गर्दा सम्बन्धित व्यक्तिको यसअघिको यात्रा विवरण (ट्राभल हिस्ट्री), भिसा स्वीकृति विवरण लगायत देखिने भन्दै विभागले त्यसले विदेशका सम्बन्धित निकाय अर्थात अध्यागमन कार्यालयहरुलाई आधिकारिकता पहिचान गर्न समेत थप सहज हुने बताएको छ ।
हाल विदेशमा काम गरिरहेका धेरैजसो कामदार स्वदेश फर्किन नपाएका कारण उनीहरुको राहदानीको वहाल अवधि सकिन थालेकोले उनीहरुले नयाँ राहदानीका लागि नेपाली दूतावासमा आवेदन दिइरहका छन् । छिटो राहदानी बनाइदिने भन्दै मलेसियालगायतका देशमा कतिपय दला’लहरुले कामदारहरुको मोटो रकमसमेत असु’लिरहेको सामाचार आइरहेका छन् । मध्यान्नडेली बाट

https://ujyaalonepalnews.com/archives/13910


