उज्यालो नेपाल, ३१ मार्च- रोजगारीको लागी विदेश गएका धेरै नेपालीको राहदानीको म्याद विदेशमै सकिने गरेको छ! अध्ययन, रोजगारी वा व्यापार-व्यवसाय गर्न विदेश गएका नेपालीलाई राहदानीको म्याद सक्किएको खण्डमा विदेशमा नै रहेको नेपाली दुताबास वा नियोगहरु बाट राहदानी नविकरण गर्ने सबिधा छ!
साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको महावाणिज्य दुताबासले साउदीमा रहेका नेपालीको राहदानी नविकरणको काम गर्दै आएका छन्! नेपाली नागरिकको सुबिधाको लागी कोरोना महा’मारीको अवस्थामा पनि दुवै दुताबासले साउदीका विभिन्न ठाउँमा घुम्ती शिविर संचालन गरि राहादानी नविकरणको लागी आवेदन संकलन गरेको थियो !

अहिले तिनै आवेदन दिने व्यक्तिहरुको राहदानी नविकरण भएर आउने क्रम जारी छ! आज २६ मार्चमा पनि १८७ जना नेपालीहरुको राहदानी बनेर आईपुगेको छ! तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला ! तपाईको पासपोर्ट आयो नि आएन?? तुरुन्त हेर्नुहोला! दुतावासको सुचना यस्तो छ!
पूर्वी क्षेत्रमा नयाँ राहदानी लिन आउनेसम्बन्धी सूचना !
दमाम र जुवेल क्षेत्रबाट राहदानी वितरणका लागि देहायको व्यवस्था मिलाइएकोले पूर्वी क्षेत्र (दमाम, जुबेल, कतिफ र खोबर) बाट आवेदन पेस गर्नुभएका संलग्न लिष्टमा नाम भएकाहरूले आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित निम्न मिति, समय र स्थानमा उपस्थित हुनुहुन अनुरोध छ ।

जुवेलको लागि
- मितिः शुक्रबार २ अप्रिल २०२१
- समयः बिहान ९ बजेदेखि १२ बजेसम्म
- स्थानः एभरेष्ट नेपाली रेष्टुरेन्ट, जुवेल सिटी सेन्टर
- लोकेशन हेर्न यँहा क्लिक गर्नुहोला
दमामको लागि
- मितिः शुक्रबार ९ अप्रिल २०२१
- समयः बिहान ९ बजेदेखि ११ बजेसम्म
- स्थानः TIME TRAVELS & TOUR दमाम सिको गार्डेन नजिकै
माथि उल्लेख गरिएको मिति, समय र स्थानमा मात्रै राहादानी बितरण गरिने छ । नेपाली राजदूतावास, रियाद । ३० मार्च २०२१


https://ujyaalonepalnews.com/archives/13917


