साउदीमा अर्को नयाँ नियम: अरबको वाणिज्य मन्त्रालयले जारी गर्यो यस्तो सुचना

काठमाडौं : खाडी मुलुक साउदी अरेवियाले विदेशी कामदारको माग एप्रुभल गर्दा घरे’लु कामदारलाई चिनाउन प्रयोग गरिदैं आइएको ‘सर्भेन्ट’ तथा ‘मेड’ शव्द प्रयोगमा प्रति’वन्ध लगाएको छ । आप्रवासी कामदारको अन्तराष्ट्रिय पहिचान विप’रित र उनीहरुको स्वाभिमानमा समेत चो’ट पुराउन सक्ने भन्दै मन्त्रालयले ‘सर्भेन्ट’ तथा ‘मेड’ शव्द प्रयोगमा प्र’तिवन्ध लगाएको हो ।

साउदी अरबको वाणिज्य मन्त्रालयले घरेलु कामदार आपूर्ति सम्वन्धि विज्ञापनमा मेड भन्ने शव्द राख्न ब’न्देज लगाउँदै घरेलु कामदारहरुको हैसि’यत जनाउन कामदार वा महिला कामदार भन्ने शव्द प्रयोग गर्नुपर्ने बताएको छ । त्यसैगरी यसअघि प्रयोग हुँदै आएको ‘किन्न र बेच्ने’ भन्ने शब्दहरुको सट्टा सेवाको परिवर्तन भन्ने शब्द प्रयोग गर्न निर्देशन दिएको छ ।

रोजगारदाताले घरेलु कामदारको विज्ञापन प्रकाशित गर्दा व्यक्तिगत तस्वीर परिचयपत्र, आवासीय कार्य (अकामा) वा घरायसी काम गर्ने विदेशी कामदारको कुनैपनि परिचय प्रयोग नगर्न र रोजगारदाता परिवर्तनका क्रममा विदेशी कामदारलाई कुनै पनि आर्थिक दायित्व बहन नगराउन पनि निर्देशन दिएको छ ।

यसैवीच साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले घरेलु कामदार भा’गेमा वा क’रार अवधिसम्म कामगर्न इन्का’र गरेमा रोजगारदातालाई विमा भुक्तानीको निती ल्याउने तयारी गरेको बताएको छ । दुईवर्ष अवधिको हुने उक्त विमा पोलिसीको प्रिमियम कामदार भर्ना दस्तुर बराबर ५ सय साउदी रियाल रहने छ ।

करार अवधि अगाडी नै कामदार भागेमा वा रोजगारी छोडेका रोजगारदाताले उक्त रकम क्षति’पूर्ति वापत पाउने छन् । त्यसका लागि साउदी सेन्ट्रल बैकसंग सहमति हुन लागेको साउदी गजेटले उल्लेख गरेको छ । साउदी अरेवियाले केहि समय अगाडी ‘कफाला प्रणाली’मा आधारभूत परिवर्तन गर्दै विदेशी कामदारले सहज रुपमा रोजगारदाता फेर्न र स्वदेश फर्किन रोजगारदाताको अनुमति आवश्यक नपर्ने व्यवस्था गरेपनि विशेषगरी घरेलु कामदारका हकमा धेरै सुधार गर्न चाहेको देखाएको छैन । मध्यान्ह डेली बाट 

https://ujyaalonepalnews.com/archives/13927

Previous articleजुबेल र दमाममा राहदानी वितरण हुने सम्बन्धी सुचना ( नामावली सहित )
Next articleबढी तलब पाउने लोभमा कन्ट्रयाक्ट भन्दा फरक काम र कम्पनी नखोज्न दूतावासको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।