Home Uncategorized कतार कि राजकुमारी अस्मा अल थानी सगरमाथा चढ्न नेपालमा

कतार कि राजकुमारी अस्मा अल थानी सगरमाथा चढ्न नेपालमा

कतारी राजपरिवारका सदस्य शेखा अस्मा अल थानी सगरमाथा आरोहण गर्न आज बिहीवार नेपाल आएकी छिन् । एक्स्प्लोरर ग्रान्ड स्लम भनिने विश्वको सात महाद्वीपमा रहेको सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई धुर्वमा पाइला राख्ने लक्ष्य राखेकी शेखा अस्माले यसअघि दक्षिण अमेरिकाको ६,९५९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५,८५९ मिटर अग्लो माउन्ट किलिमन्जारो आरोहण र सन् २०१९ मा सगरमाथा बेस क्याम्प सम्मको यात्रा तय गरिसकेकी छिन् ।

सफल आरोहण भए ३१ वर्षीया राजकुमारी अस्मा सगरमाथा चढ्ने पहिलो कतारी महिला र विश्वको ४७२ औं महिला हुनेछिन् । “यसै वर्षको अप्रिल वा मे महिनामा सगरमाथा चढ्न म मेरो जिवनको सबैभन्दा ठूलो चुनौती लिदैछु। “आरोहणको प्रयास गर्ने म केवल तेस्रो कतारी हुँ र यदि सफल भए भने म इतिहासको पहिलो कतारी महिला बन्न सक्नेछु ,” अस्माले आफ्नो वेबसाइटमा लेखेकी छिन् ।

कतार ओलम्पिक समिति अन्तर्गत मार्केटिंग तथा सञ्चार विभागका निर्देशक रहेकी अस्मा बिहीबार नेपाल आउने स्थानीय संयोजक ट्याग नेपालले बताएको छ । कतारी शाही परिवारकी अस्माले उनी कतारमा महिलाको सशक्तिकरणको प्रदर्शन गर्न र यस क्षेत्रका महिलाहरूको नयाँ पुस्तालाई ठूलो सपना बोक्ने प्रेरणा दिन चाहेको बताएकी छिन् ।

https://ujyaalonepalnews.com/archives/13935

Previous articleबढी तलब पाउने लोभमा कन्ट्रयाक्ट भन्दा फरक काम र कम्पनी नखोज्न दूतावासको आग्रह
Next articleअब विदेश जाँदा नयाँ नियम: बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।