बढी तलब पाउने लोभमा कन्ट्रयाक्ट भन्दा फरक काम र कम्पनी नखोज्न दूतावासको आग्रह

0
48

काठमाण्डौ – तलब बढी पाउने लोभमा करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । साउदीले कफला प्रणालीलाई सुधार गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने नियम बनाए पनि बढी तलबको लो’भमा विधिवत् रुपमा कफला प्रणाली हस्तान्तरण नभएसम्म कम्पनी छाडेर भा’ग्ने वा काम छोड्नु अ’पराध ठहरिने हुँदा दूतावासले यस्तो अनुरोध गरेको हो ।

यसरी कम्पनी छाडेर भा’गेको अवस्थामा अ’वैध हुन गइ स्वदेश फर्किन तथा बिरामी भए उपचार गर्न सम’स्या पर्छ । यस्तै अवै’ध रुपमै काम गरिरहेको अवस्थामा कार्य दुर्घ’टनामा परि ज्यान गएमा पनि परिवारले सामाजिक सुरक्षा जीवन बिमा मार्फत् कुनै पनि रकम पाउँदैनन् । त्यसैले सचेत हुन दूतावासले आग्रह गरेको हो ।

यस्तै साउदी लगायत अरु देशमा पनि करार अवधिभन्दा बढी बस्न पाइँदैन । त्यसैले आफ्नो करार अवधि सकिनुभन्दा अगाडि नै एक्जिट भिसा लगाउने वा करार सम्झौता नवीकरण गर्न बारे यकिन गर्न पनि दूतावासले आग्रह गरको छ ।

आफ्नो अकामा अरुलाई नदिन पनि दूतावासको सल्लाह छ । आफ्नो अकामा अरुले ग’लत प्रयोग गरेमा त्यसको दो’ष जसको अकामा हो उसैलाई आउँछ । यस्तै मुद्दा’मामिला भइ नेपाल फर्केको र फेरि साउदी जान लागेको अवस्थामा पुरानो अकामामा कुनै मुद्दामा’मिला भए नभएको यकिन गरेर मात्र जानुपर्छ । यदि पुरानो अकामामा त्यस्तो मु’द्दा भएमा विमानस्थलबाटै पक्राउ पर्ने दूतावासले जनाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/13931

Previous articleसाउदीमा अर्को नयाँ नियम: अरबको वाणिज्य मन्त्रालयले जारी गर्यो यस्तो सुचना
Next articleवैदेशिक रोजगार: अभीमुखीकरणको बायोमेट्रिक हाजिरीबारे बैशाख १२ पछि क’डाई