कतार प्रहरीमा पठाउँछु भन्दै दला’लले झु’क्याउला; माग आएकै छैन

काठमाण्डौ – कतार प्रहरीमा पठाइदिने भनेर पैसा माग्न खोज्ने म्यानपावर तथा एजेण्टबाट बच्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सङ्कलन गर्ने, अन्तर्वार्ता लिने, पैसा माग्ने लगायतका अवै’धानिक कार्यहरु गरिरहेको भन्दै त्यसबाट बच्न विभागले आग्रह गरेको हो ।

वैदेशिक रोजगारीको गन्तव्य देश कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको तर कतार प्रहरीको लागि नै भनेर कुनै पनि ‘डिमाण्ड’ नआएको विभागले जनाएको छ । कतारमा रहेको नेपाली दूतावासबाट कतार प्रहरीको लागि भनेर कुनै मागपत्र प्रमाणीकरण भइ नआएको र विभागबाट पनि त्यस्तो पूर्व स्वीकृति नदिइएको विभागले प्रष्ट पारेको छ ।

यस्तै कुन-कुन गन्तव्य देशमा के-कस्तो कामको लागि कति सङ्ख्यामा कामदारको माग आएको तथा कुन म्यानपावरले पठाउने लगायत सम्पूर्ण जानकारीको लागि विभागको वेबसाइट मार्फत यकिन गरेर सम्भावित ठगीबाट बच्न पनि विभागले आग्रह गरेको छ ।

लघुवित्त पिडितहरु सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने

Previous article04 April को सूचना: कतारमा पासपोर्ट बनाउन दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??
Next articleविदेश बाट घर फर्कदै हुनुहुन्छ? कतिसम्म सुन लान पाईन्छ ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।