लक्षण देखिनुअघि नै सर्न सक्छ कोरोना भाइरस

चीनमा ५६ जनाको ज्यान लिइसकेको कोरोना भाइरसबाट संक्रमित व्यक्तिमा लक्षण नदेखिएपनि यो अन्य व्यक्तिमा सर्नसक्ने बताइएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै चिनियाँ स्वास्थ्यमन्त्री मा स्याओवेइले संक्रमितमा लक्षण देखिनुअघि नै यो भाइरस सर्नसक्ने जानकारी दिए।

यसको अर्थ यो भाइरस अत्यन्त संक्रामक भएको चिकित्सकहरुले बताएका छन्।

नेपालमा २८ पुसमा चीनबाट फर्केका एक बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण नदेखिएको भन्दै डिस्चार्ज गरेको छ।

उनको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो। शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो।

सरुवा रोग अस्पतालका चिकित्सकहरुले भने ती व्यक्तिमा कुनै लक्षण नदेखिएकाले डराउन नपर्ने तर्क गरेका छन्।

कुनै पनि रोगको लक्षण नदेखिए त्यस्ता बिरामीलाई अस्पतालबाट घर पठाउने अभ्यास छ। तर, कोरोना भाइरसले त्यसमा प्रश्न उठाएको छ।

यो पनि :

कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

जब डरलाई आँटले जित्यो

Previous articleसिरहाबाट ११ जुवाडे पक्राउ
Next articleअन्तराष्ट्रिय विमानस्थलमा ज्वरो परीक्षण गर्ने थर्मल स्क्यानर जडान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।