वैदेशिक रोजगार: अभीमुखीकरणको बायोमेट्रिक हाजिरीबारे बैशाख १२ पछि क’डाई

काठमाडौं : वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा पनि आगामी बैशाख १२ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारलाई अव’रोध नपु¥याउने बताएको छ । अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक हाजिरी नगराइएको सार्वजनिक भएपछि विभागले गते चैत १८ गते एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने गरेको वा नक्क’ली बायोमेट्रिक लिएको भए उनीहरुलाई वैशाख १ गतेदेखि विमानस्थलबाट फर्काउने बताएको थियो ।

वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएपछि विभागले विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएको थियो ।

तर नव वर्ष २०७८ को पूर्वसन्धामा मंगलबार विज्ञप्ति जारी गर्दै विभागले विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) को स्तरोन्नति गर्ने कार्य जारी रहेको भन्दै बैशाख १२ सम्म हाजिरी नमिलेमा पनि नफर्काउने बताएको हो । विभागले नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानूनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट व’ञ्चित हुने भन्दै बायोमेट्रिकको क्रसचेक गर्ने बताएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले प्रस्थानपूर्व अभिमुखीकरण तालिम लिई अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित कामदारको बायोमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनु पर्ने प्रा’वधान छ ।

विभागले करोडौं खर्च गरेर प्रणाली प्रयोगमा ल्याएको भएपनि प्रणालीमा धेरै त्रु’टीहरु रहेको र म्यानपावर कम्पनीका सञ्चालक, म्यानपावर कम्पनीको ठेगाना लगायतका धेरै विवरण अ’धुरो रहेको सेवाग्राहीको गु’नासो रहेको छ । मध्यान्ह डेली बाट 

https://ujyaalonepalnews.com/archives/14023

Previous article१३ अप्रिल देखि सुरु हुने रमादानमा कति बजेदेखि कति बजे सम्म काम गर्न पर्ला ? यस्तो छ सरकारी सुचना
Next articleकाँही नभएको जात्रा चितवनको भद्रकालीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।