नेपाली कामदारहरुलाई दुताबासले जारी गर्यो यस्तो सुचना

नेपाली कामदारहरुलाई दुताबासले जारी गर्यो यस्तो सुचना

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका कामदारलाई कोरोना भाइरस (कोभिड–१९) को फैलँदो संक्रमणबाट बच्न विदेशस्थित नेपाली दूतावासहरुले अपिल गरेका छन् । कुवेतस्थित नेपाली दूतावासले संक्रमण तीव्ररुपमा फैलिइरहेको भन्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

कुवेत सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल र पूर्वसावधानीका उपायहरूको पूर्ण पालना गरी उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भन्दै दूतावासले संक्रमणका कारण ज्यान गुमाउनेको संख्या समेत बढिरहेको जनाएको छ । बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले निर्देशन गरे अनुसारका सावधान अपनाउन समेत दूतावासले आग्रह गरेको छ ।

दूतावासले सामाजिक दूरी कायम गरी भीडभाड नगर्न र भीडमागमा नजान, मास्क तथा पन्जाको प्रयोग गर्न, साबुन पानीले पटक–पटक हात धुने वा ह्याण्ड स्यानिटाइजरले नियमितरूपमा हात सफा गर्ने लगायतका स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । मध्यान्हडेली बाट

https://ujyaalonepalnews.com/archives/14058

Previous article4th edition का कतारी नोट छन् भने तुरुन्त साट्नुस नत्र खोस्टा बन्ला
Next articleनेपाल बाट साउदी कतार युएई उडान बन्द हुने जो’खिम बढ्यो, नक्क’ली पिसिआर बोक्ने १७२ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।