नेपाली कामदारहरुलाई दुताबासले जारी गर्यो यस्तो सुचना

0
48

नेपाली कामदारहरुलाई दुताबासले जारी गर्यो यस्तो सुचना

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका कामदारलाई कोरोना भाइरस (कोभिड–१९) को फैलँदो संक्रमणबाट बच्न विदेशस्थित नेपाली दूतावासहरुले अपिल गरेका छन् । कुवेतस्थित नेपाली दूतावासले संक्रमण तीव्ररुपमा फैलिइरहेको भन्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

कुवेत सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल र पूर्वसावधानीका उपायहरूको पूर्ण पालना गरी उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भन्दै दूतावासले संक्रमणका कारण ज्यान गुमाउनेको संख्या समेत बढिरहेको जनाएको छ । बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले निर्देशन गरे अनुसारका सावधान अपनाउन समेत दूतावासले आग्रह गरेको छ ।

दूतावासले सामाजिक दूरी कायम गरी भीडभाड नगर्न र भीडमागमा नजान, मास्क तथा पन्जाको प्रयोग गर्न, साबुन पानीले पटक–पटक हात धुने वा ह्याण्ड स्यानिटाइजरले नियमितरूपमा हात सफा गर्ने लगायतका स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । मध्यान्हडेली बाट

https://www.ujyaalonepalnews.com/archives/14058

Previous article१३ अप्रिल देखि सुरु हुने रमादानमा कति बजेदेखि कति बजे सम्म काम गर्न पर्ला ? यस्तो छ सरकारी सुचना
Next articleकोरोना भ्याक्सिन लगाएको व्यक्तिले नेपाल फर्कंदा पिसिआर गर्न पर्छ कि पर्दैन ?