साउदी अरबले स्कुलमा रामायण र महाभारत पढाउन थालेकै हो त ? यस्तो आयो कुरा

उज्यालो नेपाल, वैशाख ११, काठमाडौँ- यतिबेला सामाजिक संजालमा एउटा विषय निकै भाईरल छ! साउदी अरेबियाको स्कुलमा रामायण र महाभारत पढाउन सुरु गरिएको भन्दै नेपाल सरकारका पुर्व सचिब भिम उपाध्यायले एक भारतीय मिडियाको समाचारको स्क्रिन सट शेयर गरेपछि नेपाली सामाजिक संजाल प्रयोगकर्ता बीच यो कुरा निकै फैलिरहेको छ! तर के साँच्चै साउदीले रामायण र महाभारत पढाउन थालेकै हो त ?

यो कुरा सरासर झुट हो! तर साना कक्षाका विद्धार्थिहरुलाई मुस्लिम धर्म र समुदाय बाहेक अन्य धर्म र समुदायको बारेमा पनि जानकारी दिने उद्देश्यले सामाजिक विषयको किताबमा केहिकुरा समावेश गरिएको भने पक्कै हो ! यस बारेमा थप बुझ्दै जाँदा यस्तो भेटियो !

कट्टर मुस्लिम राष्ट्र साउदी अरबले आफ्ना स्कुले बालबालिकाहरुलाई रामायण र महाभारत लगायतका अन्य देशहरूको संस्कृति र ईतिहासको बारेमा पनि सिकाउन शुरू गरेको छ! यस अघि यस्ता कुनैपनि विषय साउदीको स्कुले पाठ्यक्रममा समाबेश थिएन ! साउदीका राजकुमार मोहम्मद बिन सलमान अब्दुल अजीजले #vision2030 नामक कार्यक्रममार्फत पाठ्यपुस्तकमा हिन्दु ग्रन्थ र संस्कृतिको विषयमा पढाउन थालेका हुन् !

ट्वीटरमा साउदी नागरिक नौफ अलमरवाईले आफ्नो बच्चाको परिक्षा प्रश्नपत्रको स्क्रिनसटपोष्ट गरेपछि यो कुरा सार्वजनिक भएको हो ! अलमरवाई ट्वीटरमा अगाडी लेख्छिन्, ” साउदी अरेबियाको #Vision2030 र पाठ्यक्रमले समावेशी, उदार र सहनशील भविष्य निर्माण गर्न मद्दत गर्दछ। आज मेरो छोराको स्कूल परीक्षाको स्क्रिनशटमा सामाजिक अध्ययनको किताबमा हिंदू धर्म, बुद्ध धर्म, रामायण, कर्मा, महाभारत र धर्मको अवधारणा र इतिहास समावेश छ। मलाई उनको अध्ययनमा मजा आयो। ”

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान अब्दुल अजीजले “#Vision2030” अनुसरण गरेका छन्। यसका धेरै पक्षहरू छन्, तर यसको मुख्य उद्देश्य एक शैक्षिक प्रणाली बनाउनु हो जुन सरकार र विभिन्न व्यवसायहरूबीचको कठिनाइ हटाउन सक्छ। थप रूपमा, “#Vision2030” मार्फत साउदीले विश्वव्यापी अर्थतन्त्रको क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न खोजेको छ।

साउदीको #Vision2030 को मुख्य उद्देश्य भनेको यो हो कि अर्थव्यवस्था तेलमा निर्भर छ र तेलबाट राजस्वको निर्भरता कम गर्न शैक्षिक प्रणालीमा परिवर्तनहरू पनि गर्दैछ। त्यसकारण साउदी सरकारले आफ्नो अर्थव्यवस्थाको पुनर्संरचना गर्न धेरै ठूला कदमहरू चालेको छ।

https://ujyaalonepalnews.com/archives/14098

Previous articleकतारमा बस्ने नेपालीलाई एभरेष्ट बैंकमा जागिर खाने सुवर्ण अवसर
Next articleकतार प्रहरीमा नेपाली पठाउने कुरा अन्योल मै; दुताबासमै अड्कियो मागपत्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।