फ्लाईट त बन्द हुने नै भयो, श्रम स्वीकृति के होला ? यस्तो आयो जानकारी

0
71

काठमाडौं : वैदेशिक रोजगार विभागले निषेधाज्ञाको बीचमा श्रम स्वीकृति नरोक्ने सोच बनाएको छ । नेपालमा संक्रमणको दर अत्यधिकरुपमा बढेपछि सरकारले वैशाख २३ गते अर्थात बिहीबारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ । सरकारको उक्त निर्णयपछि श्रम स्वीकृति यथावत राख्नु उचित नहुने चर्चा थियो ।

विभागले मंगलबारसम्म श्रम स्वीकृति रोकेको छैन । विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले मंगलबार विभागमा यस विषयमा छलफल भएको र बुधबार मन्त्रालयमा हुने थप छलफलपछि श्रम स्वीकृति रोक्ने वा नरोक्ने विषयमा निर्णय गरिने मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए । अन्तर्राष्ट्रिय उडान बन्द भएको अवस्थामा श्रम स्वीकृति प्रक्रिया जारी राख्नु उचित नहुने भएपनि विभागले दिने श्रम स्वीकृतिको अवधि तीन महिनासम्म मान्य हुने र त्यस अवधिमा परिस्थित सहज भए श्रम स्वीकृति लिएका कामदारलाई रोजगार गन्तव्यमा जान सहज हुने भएकाले अनलाइन श्रम स्वीकृति यथावत राख्नु उचित हुने धारणा आएको महानिर्देशक दवाडीले बताए ।

गन्तव्य देशमा कोरोना महामारी शुरु भएपछि गएको वर्ष अन्तर्राष्ट्रिय उडान राकिनु ९ दिन अघि नै श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुबै रोकिएको थियो । त्यतिखेर वैदेशिक रोजगार व्यवसायीहरुले रोजगार गन्तव्य मुलुकले नरोक्दै सरकारले श्रम स्वकिृति रोकेको कारण रोजगारदाता बिच्किएर अन्य देशबाट कामदार लिन थालेको भन्दै श्रम स्वीकृति रोक्न हतार गर्न नहुने सुझाव दिएका थिए ।

नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजातिको कोरोना महामारी अत्याधिक संक्रामक खालको भएकोले विशेष सावधानी अपनाउने गरिए पनि नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य कतारलगायतका देशमा महामारीको स्तर नियन्त्रणमा आउन थालेको र कोरोनाविरुद्धको खोपले पनि काम गरेका कारण आर्थिक गतिविधि शुरु हुन थालेको छ । त्यसले कामदारको डिमाण्ड बढाउने सम्भावना पनि रहेको छ ।

यसअघि आकर्षक तलव र सुविधा भएका गन्तव्य मुखुकमा कामदार श्रम स्वकिृति पाएको अवस्थामा चार्टर गरिएका विमानबाट पनि पुगेका थिए । खासगरी विदामा घर आएका जापान र युरोपियन मुलुकमा काम गरिरहेका नेपालीहरु वर्षौदेखि गरिआएको आकर्षक तलव सहितको रोजगारी गुमाउन नहुने भन्दै चार्टर विमानको महँगो भाडा भएपनि रोजगारीमा जोडिन जाने गरेका छन् । मध्यान्ह डेली बाट 

https://www.ujyaalonepalnews.com/archives/14234

Previous articleसाउदीको जेद्धामा २२ नेपाली अल’पत्र पी’डित भन्छन– ट्वाइलेको पानी खान बा’ध्य छौँ
Next articleअन्तिम पटक नेपाल लगिदिनुस भन्दै थिईन्; तर परदेशमै ज्यान गयो शोभाको