तिन बालक मृ’त्यु प्रक’रण; मृ’तकहरुको पहिचान खुल्यो, निस्सा’सिएर ज्या’न गएको अनु’मान

तिन बालक मृ’त्यु प्रक’रण; मृ’तकहरुको पहिचान खुल्यो, निस्सा’सिएर ज्या’न गएको अनुमान

दाङको तुलसीपुरमा कारभित्र मृ’त भेटिएका ३ बालबालिकाको ह’त्या भएको नभइ नि’सासिएर कारभित्रै मृ’त्यु भएको प्रहरीले प्रारम्भिक अनु’मान गरेको छ । दाङ प्रहरी स्रोतका अनुसार शनिवार साँ’झ तुलसीपुरमा पार्किङ गरिराखेको कारभित्र भेटिएका ३ बालकको मृ’त्युको कारण ह’त्या नभइ सफो’केशन (नि’सासिएर) भएको जस्तो देखिएको छ ।

वैशाख १६ गतेदेखि ह’राइरहेका तुलसीपुर-६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करणको श’व वैशाख १८ गते साँझ कारभित्र मृ’त अवस्थामा भेटि’एका थिए । गत वर्षको माघ १ गतेदेखि पार्किङ गरिराखेको आरजे ०१ सिसि ०८८५ नम्बर भएको भारतीय नम्बर प्लेटको कारमा ३ जना बालकको श’व भेटिएपछि भारतबाट उक्त कार ल्याउने यादब प्रसाद गैरे पदम बस्नेतलाई शनिवार साँझ नै प’क्राउ गरिएको थियो ।

तर घ’टनाको प्रकृति हेर्दा बालकहरुको ह’त्या भएको नभइ निसा’सिएर मृ’त्यु भएको जस्तो देखिएको घट’नामा अनुस’न्धान गरिरहेका एक प्रहरी अधिकारीले रातोपाटीलाई जानकारी दिए । ती अनु’सन्धान अधिकृतले भने, ‘ती बालकको परिवारका आ’र्थिक अवस्था पनि कम’जोर छ । उनीहरुको कोहीसँग रिसि’इबी पनि थिएन । उनीहरुलाई मा’र्नु पर्ने कारण पनि छैन । शरीरमा घाउ’चोट पनि केही देखिँदैन । त्यसकारण यसलाई ह’त्या हो भन्न सकिने अवस्था छैन ।’

घट’नाको अनु’सन्धानको क्रममा कारभित्र दि’सा गरेको भेटिएको र बालकहरुको खल्तीमा ता’स पनि भेटिएको छ । त्यसैगरी कारको सिसा फो’ड्ने प्रयास गरेको पाइएको छ । कारका चालकको बयानमा केही दिनअघिसम्म पनि सिसा नफु’टेको बयान दिएका छन् । पहिले थोरै चर्कि’एको भएपनि सिसा नफु”टेको कार चालकले बयान दिएका छन् । घट’नामा आफूहरुको कुनै संलग्नता नरहेको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरुमाथि थप अनुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार बालकहरु केही गरी कारभित्र छिरेर बसेको तर लक खोल्न नजानेर त्यहीँभित्र निसा’सिएर मृ’त्यु भएको हुनसक्ने देखिएको छ । उनीहरुले बाहिर निस्कनका लागि सिसा फो’ड्ने प्रयास पनि गरेको तर सिसा पूरै फो’रेर बाहिर निस्कन नसकेको कारण निसा’सिएर मृ’त्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

https://ujyaalonepalnews.com/archives/14182

Previous articleविदेश जानको लागी कुन कुन अस्पतालमा हुन्छ PCR Test? हेर्नुहोस सुची
Next articleआन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।