साउदीको जेद्धामा २२ नेपाली अल’पत्र पी’डित भन्छन– ट्वाइलेको पानी खान बा’ध्य छौँ

0
27

दोहा : वैदेशिक रोजगारीका क्रममा साउदी अरबको जेद्धा पुगेका २२ नेपाली अ’लपत्र परेका छन् । जेद्धास्थित अलसाद बिजनेस एरपोर्ट सेर्बिसेजस कम्पनीमा २०१८ को जनावरीमा पुगेका उनीहरू अल’पत्र परेको बताएका छन् । काठमाडौँमा रहेको स्काई-वे मेनेजमेन्ट म्यानपावरमार्फत गएका उनीहरू दुई बर्षको करार अवधि सकिएपछि पनि कम्पनीले घर नपठाउदाँ अल’पत्र परेको एक भिडियो सन्देश मार्फत उनीहरूले बताएका छन् ।

२९ महिना भईसक्दा पनि घर नपठाएको र कम्पनीले काम गरेको पारिश्रमिक पनि नदिएको कारण आफूहरू भोकभोकै बस्न बा’ध्य भएको उनीहरूले बताएका छन् । कम्पनीले वेवा’स्ता तथा नेपालबाट पठाउने म्यानपावरले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरूको अवस्था दय’नीय बनेको पी’डितहरूले बताएका छन् । एउटै कोठा यति धेरै मानिस बस्नुपर्ने भएका कोरोना संक्रमण जो’खिम बढेको उनीहरूको भनाइ रहेको छ ।

अल’पत्र मध्ये केही विगत ८ महिनादेखि बिरा’मी भएको र कम्पनीले कुनै पनि उपचार नगर्दा सम’स्य थप ज’टिल बन्दै गएको बताएका छन् । ९ महिनादेखि भिसा’विहीन भएका उनीहरू बाहिर हिडडुल गर्न समेत निस्किन सकेका छैन् । खाने पानीको नभएको कारण अहिले ट्वाइलेको पानी खान बा’ध्य भएको उनीहरूले बताएका छन् । विगत ३ महिनादेखि आफूहरूको उद्धार गरी स्वदेश फर्काउन जेद्धामा रहेको महाबाणिज्य दूतावासलाई पटक पटक अनुरोध गर्दा दूतावासले आश्वासन दिएर टा’र्ने गरेको उनीहरूले बताए ।

उनीहरूले आफूहरूको सम’स्या नेपाल सरकार, नेपाली दूतावास रियाद लगायत सम्बन्धित निकायसम्म पुर्याइदिन समेत विभिन्न संचार माध्यमलाई अनुरोध गरेका छन् । यता महाबाणिज्य दूतावासका अनुसार उनीहरूको बहिर्गमन भिसाको लागि कुराकानी भैरहेको र चाडै सम’स्या समाधान हुने जनाएको छ ।

साथै आवश्यक खानको व्यवस्था पनि गरिरहेको जनाएको छ। पछिल्लो समयमा कोरोना महा’मारीको करण देखाउदै साउदी, कुवेत लगायतका खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूलाई कम्पनीले समयमा पारिश्रमिक नदिने, घर नपठाउने र काम पनि नदिई कोठामै राख्ने गरेका गरेका छन् । योगेन्द्र योगी/ खबरहब 

https://www.ujyaalonepalnews.com/archives/14231

Previous articleविदेश जानको लागी पिसिआर कुन अस्पतालमा गर्ने? सरकारले दियो यस्तो जानकारी
Next articleफ्लाईट त बन्द हुने नै भयो, श्रम स्वीकृति के होला ? यस्तो आयो जानकारी