उडानको प्रतिबन्ध लम्बिने संकेत; स्वदेश फर्किने तयारीमा रहेका १० हजार कामदार विदेशमै रोकिए

उडानको प्रतिबन्ध लम्बिने संकेत; स्वदेश फर्किने तयारीमा रहेका १० हजार कामदार विदेशमै रोकिए

वैदेशिक रोजगारीबाट फर्किने तयारीमा रहेका कामदार एक साता सम्बन्धित देशमै रोकिने भएका छन् । सरकारले वैशाख २३ देखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै उनीहरू सम्बन्धित देशमै रोकिने भएका हुन् । बिहीबारदेखि वैदेशिक रोजगारीमा कामदार जान र फर्किन ठप्प भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडान बन्द गर्दा वैदेशिक रोजगारीबाट फर्किन टिकट लिएर बसेको १० हजारभन्दा धेरै नेपाली प्रभावित हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै स्वदेश फर्कने तयारीमा रहेका कामदारले सम्बन्धित देशका कुटनीतिक नियोग गुहार्न थालेका छन् । वैदेशिक रोजगारीबाट सातामा १० हजार कामदार फर्किने गरेको वैदेशिक रोजगार विभागको तंथ्याक छ । उडान बन्द भएर स्वदेश फर्किन समस्या भए सम्बन्धित देशका दूतावासले सहजीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव तथा प्रवक्ता दिपक काफ्लेले जानकारी दिए ।

कोरोना महामारीमा स्वदेश फर्किदाँ कामदारलाईसमेत जोखिम हुने र एक साता अन्तर्राष्ट्रिय उडान बन्द हुँदा खासै समस्या नहुने उनले बताए । नेपाली कामदारको मुख्य रोजगार गन्तव्य देश मलेसिया, साउदी अरब, यूएई, कतार, ओमान, बहराइन, कुवेत र जोर्डनबाट घर विदामा, करार अवधि सकिएर र कोरोनाका कारण रोजगारी गुमाएका कामदार दैनिक ५ देखि ७ सय फर्किने गरेको विभागको तथ्यांक छ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

सरकारले तत्काल कोरोना भाइरस नियन्त्रण गर्न वैशाख मसान्तसम्म अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लगाएको हो ।  कोरोना भाइरसको महामारी फैलिए सरकारले अन्तरराष्ट्रिय उडानको प्रतिबन्ध लम्बिने संकेत गरेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरूको संख्या बढ्दै जाँदा अवस्था सामान्य हुन केही समय लाग्न देखिएको छ । जसका कारण अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध थपिने वैदेशिक रोजगारी व्यवसायीले बताएका छन् । रमेश भारती/ शिलापत्र डटकम ( शिर्षक सम्पादन गरिएको) 

आज देशभर कहाँ- कहाँ हुँदैछ वर्षा ?

Previous articleसाउदी अरबमा यी १० अप’राधको हुँदैन माफी, मृ’त्युद’ण्ड निश्चित
Next articleसाउदी अरबमा यी १० अप’राधको हुँदैन माफी, मृ’त्युद’ण्ड निश्चित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।