Home Uncategorized युएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध

युएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध

युएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध

काठमाण्डौ – कुवेतले आउँदो बिहीबारदेखि कर्फ्यु हटाउने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि आंशिक रूपमा लगाइएको कर्फ्यु आउँदो बिहीबारदेखि हटाउने निर्णय भएको कुवेतका स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ । इदको पहिलो दिन बिहानको एक बजेदेखि नै कर्फ्यु हट्नेछ । तर कुवेतले आप्रवासीहरुको प्रवेशमा लगाएको प्रतिबन्ध भने कायम नै रहने छ ।

यस्तै कुवेतले नेपालसहित चार देशबीच हुने व्यवसायीक उडानहरूमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।

यूएईले नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

काठमाण्डौ – यूएईले नेपाली नागरिकको प्रवेशमा रोक लगाउने भएकाे छ । आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । नेपाली नागरिकसहित अब बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकन नागरिकहरू यूएई प्रवेश गर्न पाउने छैनन् । नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् ।

तर यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने यूएई जान पाउनेछन् । यूएई यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआर रिपोर्ट नेगेटिभ रहेको, विमानस्थलमा पुनः पिसिआर परीक्षण गरिने यूएईले जनाएको छ । यूएई पुगेपछि पनि १० दिन क्वरेण्टीन अनिवार्य बस्नुपर्ने छ भने यूएई पुगेको ५ औँ र ८ औँ दिन पीसीआर परीक्षण गर्नुपर्नेछ ।

https://ujyaalonepalnews.com/archives/14305

Previous articleतत्काल उडान खुल्ने आस मर्यो; अब जुन १ तारिख मात्र खुल्ने आयो सुचना
Next articleअन्तिम पटक नेपाल लगिदिनुस भन्दै थिईन्; तर परदेशमै ज्यान गयो शोभाको
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।