युएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध

0
30

युएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध

काठमाण्डौ – कुवेतले आउँदो बिहीबारदेखि कर्फ्यु हटाउने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि आंशिक रूपमा लगाइएको कर्फ्यु आउँदो बिहीबारदेखि हटाउने निर्णय भएको कुवेतका स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ । इदको पहिलो दिन बिहानको एक बजेदेखि नै कर्फ्यु हट्नेछ । तर कुवेतले आप्रवासीहरुको प्रवेशमा लगाएको प्रतिबन्ध भने कायम नै रहने छ ।

यस्तै कुवेतले नेपालसहित चार देशबीच हुने व्यवसायीक उडानहरूमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।

यूएईले नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

काठमाण्डौ – यूएईले नेपाली नागरिकको प्रवेशमा रोक लगाउने भएकाे छ । आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । नेपाली नागरिकसहित अब बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकन नागरिकहरू यूएई प्रवेश गर्न पाउने छैनन् । नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् ।

तर यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने यूएई जान पाउनेछन् । यूएई यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआर रिपोर्ट नेगेटिभ रहेको, विमानस्थलमा पुनः पिसिआर परीक्षण गरिने यूएईले जनाएको छ । यूएई पुगेपछि पनि १० दिन क्वरेण्टीन अनिवार्य बस्नुपर्ने छ भने यूएई पुगेको ५ औँ र ८ औँ दिन पीसीआर परीक्षण गर्नुपर्नेछ ।

https://www.ujyaalonepalnews.com/archives/14305

Previous articleसाउदीको जेद्धामा २२ नेपाली अल’पत्र पी’डित भन्छन– ट्वाइलेको पानी खान बा’ध्य छौँ
Next articleअन्तिम पटक नेपाल लगिदिनुस भन्दै थिईन्; तर परदेशमै ज्यान गयो शोभाको