अन्तिम पटक नेपाल लगिदिनुस भन्दै थिईन्; तर परदेशमै ज्यान गयो शोभाको

अन्तिम पटक नेपाल लगिदिनुस भन्दै थिईन्; तर परदेशमै ज्यान गयो शोभाको

अर्घाखाँचीको अड्गुरी, झन्द्रेककी ३९ वर्षिया शोभा टण्डन थापाको ओमानको सललामा शुक्रबार निधन भएको छ । विगत १३/१४ वर्षदेखि वैदेशिक रोजगारका क्रममा ओमानको सललामा घरेलु कामदारकोरुपमा रहेकी शोभाको स्थानिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको ९ दिनदेखि स्थानिय अस्पतालमा उपचार हुँदै थियो ।

उनलाई ज्वरो र श्वास–प्रश्वासमा समस्या रहेको र साथै कोरोना पोजिटिभ समेत देखिएको जानाकारी मिलेको कुरा मृ त ककी भाउजु पार्वता केसीले बताउँनु भएको छ। मृ त कका श्रीमान जय बहादुर टण्डनको केही पहिले नै निधन भएको र उनका एउटा छोरा रहेका छन् । निधन भएकी टण्डनको घर परिवारले उनको श व नेपाल ल्याएर मुख भए पनि हेर्ने इच्छा जाहेर गरेता पनि विश्व स्वास्थ्य संगठनको नियमानुसार कोभिड देखिएको शव नेपाल लैजान नमिल्ने भएको हुँदा मृ तकको दा हसं स्कार ओमनमै हुनेछ।

अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा उपचाररत पाँच जनाको मृ’त्यु

 

२९ वैशाख, बुटवल । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृ’त्यु भएको छ । समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृ’त्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । मृ’त्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष तथा बर्दघाटकी ४४ वर्षीया महिला रहेको प्रवक्ता गौतमले बताए ।

‘अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृ’त्यु हुन पुग्यो’–अस्पतालका प्रवक्ता डा. गौतमले भने–‘अक्सिजनको अभावले एकातिर बचाउन सकिने विरामीको पनि ज्या’न गइरहेको छ, अर्कोतिर अस्पताल प्रशासनलाई निकै तना’व र स’मस्या भइरहेको छ ।’

उनका अनुसार अक्सिजन आपूर्ति गर्ने उद्योगले आधा घण्टा ढिलो अक्सिजन ल्याइदिएका कारण बिरामीको मृ’त्यु भएको ती चिकित्सकले बताए । उक्त अस्पतालमा आईसीयूमा १६ जना उपचाररत थिए, तीमध्ये बुधबार पाँच जनाको मृ’त्यु भएको हो । उद्योगबाट आपूर्ति भएपछि अरु बिरामीले भने अक्सिजन पाएका छन् ।

रत्ननगर महोत्सवमा कुशल बेलबासेले यसरी उफारे दर्शक ( लाईभ भिडियो)

Previous articleयुएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध
Next articleगल्फ राष्ट्रका राजपरिवारमा सगरमाथा मोह; फेरी अर्का राजकुमारले गरे सफल आरोहण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।