नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले भारतीय नागरिकलाई साउदी पुर्याउने

नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले भारतीय नागरिकलाई साउदी पुर्याउने

३० वैशाख, काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया पुर्‍याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका लागि चार्टर्ड उडानको अनुमति दिएको छ । प्राधिकरणका अनुसार यो उडान नेपालस्थित भारतीय दूतावासको अनुरोधमा हुन लागेको हो । भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी टिकट काट्न सक्ने भएका छन् ।

काठमाडौंबाट नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले जेद्दाका लागि उडान गर्ने गरी अनुमति पाएका हुन् । काठमाडौंमा निषेधाज्ञा अगाडि आएर यतै अड्किएका भारतीयका लागि यो सुविधा दिइएको हो । अहिले भने नेपालमा ट्रान्जिट बनाई विदेश जान बन्द गरिएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान १७ जेठसम्म बन्द भएसँगै विदेशी नागरिकलाई घर फर्काउने प्रयोजनका लागि दूतावासहरुले पहल गरेका हुन् ।

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौँ — कोरोना महामारीका कोरण दर्साउदै नागरिक उड्डयन प्राधिकरणले व्यवसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीको कारण दर्साउँदै अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएका छन् । सरकारले वैशाख २० गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो ।

तर प्राधिकरणले आन्तरिक रुटमा भने आपतकालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थिती अनुसार अनुमति दिइने जनाएको छ । प्राधिकरणले मंगलबार दोस्रोपटक सूचना निकाल्दै नेपालबाट र नेपालका लागि हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान जेठ १७ गते राति ११:५९ बजेसम्मलाई रोकेको छ । यसअघि स्थानीय सरकारले निषेधाज्ञा लागू गरेकाले वैशाख २३ गते राति ११:५९ बजेदेखि वैशाख ३१ गते शुक्रबार रातिसम्म गरी ८ दिनका लागि व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

 

https://ujyaalonepalnews.com/archives/14325

Previous articleचितवनमा निषेधाज्ञा लम्बियो; भोली देखि झनै कडाई हुने
Next articleखेल्दाखेल्दै सलको पासो लाग्दा चितवन कि ८ वर्षिया बालिकाको गयो ज्यान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।