निराजन घिमिरे,बैशाख ३०,चितवन- चितवनमा निषेधाज्ञाको समय लम्बिने भएको छ । डिसिसिएम चितवनले जेठ १३ सम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । डिसिसिएम चितवनको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनबाट सुचना जारी गर्ने तयारी रहेको लामिछानेले जानकारी दिए ।
चितवनमा वैशाख १६ गते मध्यराती देखि लागु भएको पहिलो चरणको निषेधाज्ञा भोलि वैशाख ३१ गते देखि सकिदैँ छ । अवको निषेधाज्ञा थप कडाइ गरि लागु गर्ने डिसिसिएम चितवनको निर्णय छ !। पसलहरु हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गर्न लागिएको छ । डिसिसिएम चितवनको निर्णयहरु यस्ता छन् !
डिसिसिएम चितवनको वैशाख ३० गतेको वैठकले गरेका निर्णयहरु
१. विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण रोकथाम नियन्त्रणका
लागि यस चितवन जिल्लामा भईरहेको प्रयास, विद्यमा अवस्था, चुनौति र अव गर्नु पर्ने कार्यका
सम्बन्धमा विस्तृत छलफल तथा समिक्षा भयो ।
२. यस जिल्लामा कोभिड- १९ को संक्रमण अझै पनि तिव्ररूपमा बढिरहेको केहि समय सम्म
सम्म सो क्रम जारी रहन सक्ने देखिएकोले सो को प्रभावकारी रोकथाम तथा नियन्त्रणका
लागि मिति २०७८।०१।१५ गर्ते जारी भएको निषेधाज्ञालाई अझ कडाई र प्रभावकारी
बनाउने गरी निरन्तरता दिने ।
३. उक्त निषेधाज्ञालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने/गराउने कार्यमा सहयोग, समन्वय
तथा सहजिकरण गर्न जिल्ला स्थित सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, निजी
क्षेत्र, सञ्चारक्षेत्र र सम्बन्धित सबै संघ संस्थाहरूलाई अनुरोध गर्ने ।
४, जिल्ला स्थित सबै स्थानीय तहहरूले वडा समिति, स्थानीय टोलसुधार समितिको अधिकतम
परिचालन गरी व्यापक सचेतना अभियान सञ्चालन, समन्वय तथा अनुगमन पार्ने । स्थानीय
तहमा स्थापित आइशोलेसन सेन्टरको प्रभावकारी रूपमा सञ्चालन गर्ने ।
५, यस जिल्ला स्थित सबै सरकारी तथा निजी अस्पतालहरूमा ‘कोभिड-१९ संक्रमित बिरामीहरू
निरन्तर थपिदै गएको र विरामीहरूको चाप अझै बढ्न सक्ने भई अस्पतालहरूमा हाल मौजुदा वेड संख्या अपुग हुने देखिएकोले भरतपुर स्थित वि.पी.कोईराला मेमोरियल क्यान्सर अस्पतालमा critical care सहितको कम्तिमा १२० वेड कोभिड-१९ संक्रमितहरूको उपचारको लागि व्यवस्था गरी तत्काल उपचार सुरू गर्न उक्त अस्पताललाई अनुरोध गर्ने । सो को लागि आवश्यक पर्ने Monitor, ICU bed, High flow nasal canula, PPE Set, सिलिण्डर खरिद Mantenance cost लगायतका खर्च प्रयोजनका लागि आवश्यक बजेट व्यवस्था हुन सिफारिस सहित, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने । सो अस्पतालले क्यान्सरका विरामीहरूलाई दिदै आएको सेवालाई यथोचित प्रवन्ध मिलाई निरन्तरता दिने ।
६. कोभिड-१९ संक्रमित विरामीको अत्यधिक चापलाई मध्यनजर गरी भरतपुर अस्पताललाई
तत्काल वेड संख्या थप गरी २०० सम्म पुर्याई भईरहेको संक्रमितहरूको उपचार सेवालाई
थप विस्तार गर्न अनुरोध गर्ने ।
७. जिल्ला स्थित सबै सरकारी तथा निजी अस्पतालहरूले हाल सम्म गरिरहेको सेवालाई
धन्बयबाद दिदै सो सेवालाई थप प्रभावकारी बनाउन र नेपाल सरकारका संबद्ध निकायसँग
भएको सम्झौता अनुरूप बिरामीहरूको निशुल्क तथा सहज उपचार सेवाप्रबाह हुन चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साईन्स भरतपुरलाई आग्रह गर्ने ! जिल्ला स्थित कोभिड-१९ संक्रमित बिरामीहरुको उपचार सुरु गर्न बाँकि अन्य नुजी अस्पतालहरुले सम्बद्ध सरकारी निकायसंग सम्झौता गरि कोभिड-१९ बिरामीहरुको उपचार सुरु गर्न आग्रह गर्ने !
८. रत्ननगर नगरपालिका-२ स्थित बकुलहर अस्पतालका कोभिड-१९ को उपचार केन्द्र बिस्तार critical care र Covid-19 परिक्षण प्रयोगशाला संचालनको लागी प्रदेश सरकार, सामाजिक विकाश मन्त्रालय हेटौडा समक्ष सिफारिस गर्ने !
https://ujyaalonepalnews.com/archives/14323


