वडाध्यक्ष हेमराजको सक्रियता: संक्रमितलाई हौसला दिन घर-घर पुग्दै, वडाकार्यालयमा आईसोलेसन

0
26

वडाध्यक्ष हेमराजको सक्रियता: संक्रमितलाई हौसला दिन घर-घर पुग्दै, वडाकार्यालयमा आईसोलेसन

निराजन घिमिरे, जेठ ०३, चितवन-  कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा रत्ननगर नगरपालिका वार्ड नं. १६ को वार्ड कार्यालयमा अक्सिजन सहितकोआईसोलेसन  स्थापना गरिएको छ ! नगरपालिकाको वार्ड नं. १५ र १६ का स्थानीयलाई लक्षित गरि आईसोलेसन स्थापना गरिएको हो !  महिला र पुरुषका लागी छुट्टाछुट्टै आईसोलेसन तयार गरिएको वार्ड अध्यक्ष हेमराज थापाले जानकारी दिनुभयो!

आईसोलेसन निरीक्षण पछी प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने

कोरोना भाईरसको संक्रमण बढ्दै गएको र अस्पतालहरुमा बेड पाउन मुस्किल हुँदै गएपछि वडा कार्यालयको सभाहलमा अक्सिजन सहितको आईसोलेसन तयार गरिएको हो! आईसोलेसनमा रत्ननगर नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गरेको र ईलाका प्रहरी कार्यालयले सुरक्षाको बन्दोबस्त गर्ने वडाध्यक्ष थापाको भनाई छ !  आईसोलेसनको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले छुट्टाछुट्टै अवलोकन गरेका थिए !

प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर राना र वार्ड अध्यक्ष हेमराज थापा

कोरोना संक्रमितलाई घर-घरमा पुगेर हौसला बढाउंदै वडाध्यक्ष

रत्ननगर नगरपालिकाको वार्ड नं. १६ मा यतिबेला १० जना भन्दा बढी कोरोना संक्रमित छन्! होम आईसोलेसनमा बसेका कोरोना संक्रमितलाई नगरपालिकाले खटाएका स्वास्थ्यकर्मीले घरघरमा पुगेर प्रत्यक्ष निगरानी गरिरहेका छन्! स्वास्थ्यकर्मीको टोली संगै वडाध्यक्ष हेमराज थापा पनि संक्रमितको मनोबल बढाउन घरघर पुगिरहेका छन् ! जनप्रतिनिधिले घरघर पुगेर आफ्नै घरको परिवार झैँ गरि सोधपुछ र रेखदेख गर्दा कोरोनालाई परास्त गर्न निकै सहयोग पुगेको भर्खरै मात्र संक्रमण मुक्त भएका स्थानीय राजेन्द्र खतिवडाले बताए !

स्वास्थ्यकर्मी र अन्य जनप्रतिनिधि सहित घरघरमै पुगेका वडा अध्यक्षले संक्रमित विरामीलाई नियमित औषधि सेवन गर्न र समस्या भए तुरुन्त आफुलाई जानकारी गराउन समेत सुचित गर्ने गरेका छन । होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई औषधि सहित हौसला आवश्यक पर्छ वडा अध्यक्षले भने स्थानीय सरकारको अनुभूति दिलाउने र संक्रमितलाई अभिभावकत्व प्रदान गर्न घरघरमै पुगेका हौं ।

वडा कार्यालयले वडाबासीलाई जारी गरेको सुचना 

अादरणीय वडावासी, काेराेना संक्रमणकाे कारण मुलुक अाक्रान्त छ । रत्ननगर नगरपालिकामा यसकाे असर बढ्दाे छ । यश वडामा पनि काेराेना संक्रमित देखिएकाे सर्वजानकारी नै छ । तुलनात्मक रूपमा हामी अति जाेखिम क्षेत्रमा छाैँ । जिल्ला प्रशासन कार्यालयले याे महामारी नियन्त्रण गर्नकाे लागि स्थानीय केही मापदण्ड र नियमन जारी गरेकाे छ, यसकाे पूर्णपालना गराैँ । यस महामारीकाे बीचमा वडा कार्यालय सञ्चालनमा पनि भिडभाडकाे कारण हामी सबैमा थप जाेखिम हुनु स्वाभाविक छ ।

स्वास्थ्य समस्या सम्बन्धि अत्यावश्यक सेवा बाहेक तत्काल अन्य सम्पूर्ण सेवा बन्द गर्न उपयुक्त देखिएकाे जानकारी गराउँदै अत्यावश्यक स्वास्थ्य सम्बन्धि सेवाकाे लागि सम्पर्ककाे लागि अनुराेध छ । साथै, यहाँहरूकाे सेवाकाे लागि हरपल तयार रहेकाे प्रतिबद्वता सहित काेराेना संक्रमणबाट बच्नकाे लागि अपनाउन पर्ने मापदण्ड पूर्णपालना गराैँ । सजग रहुँ, सचेत रहुँ, अाफू बचाैँ, अरूलाई बचाअाैँ । धन्यवाद । हेमराज थापा वडा अध्यक्ष, ९८५५०८०३७३

https://www.ujyaalonepalnews.com/archives/14366

Previous articleयुएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध
Next articleएकाबिहानै पटक-पटक भूकम्प, ५ घाईते, १० घर भत्किए, दोश्रो पनि ५.३ रेक्टरको