एकाबिहानै पटक-पटक भूकम्प, ५ घाईते, १० घर भत्किए, दोश्रो पनि ५.३ रेक्टरको

काठमाण्डाै – लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि पाँच जना घाइते भएका छन् । भूकम्पमा घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका डीएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको पनि उहाँले बताउनुभएको छ ।

बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।

लमजुङको बेंसीसहर नगरपालिका–६ चनौटेमा बुधबार बिहान भूकम्पले भत्किएको घर । तस्बिर सौजन्य : कृष्ण आले
लमजुङ केन्द्रबिन्दु बनाएर फेरि गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

लमजुङमा फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।

कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमाले विजयी

Previous articleनेपाल बाट साउदी गएको नब्बे हजार भन्दा बढी असुलेपछी भारतीय दुताबासले गुहार्यो सरकार
Next articleआज एकै दिन १३ अन्तर्राष्ट्रिय उडान तर देश फिर्न पाएनन् परदेशी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।