कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमाले विजयी

0
21

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् ।

रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।

कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।

यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

Previous articleनगर उप-प्रमुख बालबालिका कार्यक्रम : कालिकाका २२ वटा विद्यालयमा शैक्षिक सामाग्री बितरण
Next articleयू-१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर-६ मा