छुट्टीमा घर जान जहाज कुर्दाकुर्दै कतार मै अस्ताए निर प्रसाद

छुट्टीमा घर जान जहाज कुर्दाकुर्दै कतार मै अस्ताए निर प्रसाद

वैदशिक रोजगारीका लागि कतार आएका म्याग्दीका निर प्रसाद कामीको हृदयाघातका कारण निधन भएको छ । विदामा घर गई परिवार र बालबच्चासँग बसेर रोजगारीमा पुनः कतार फर्कने योजना बनाएका ४३ वर्षीय कामीको गत बिहीबार राति निधन भएको हो । विगत ८ वर्षदेखि कतारमा कार्यरत उनी सुतिरहेकै अवस्थामा मृत भेटिएका थिए । उनी विदा भएर घर फर्किने जहाजको प्रतिक्षामा थिए ।

कतारको सरकारी अस्पतालको पोस्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हो । उनको मृत्युको बारेमा कम्पनीका अधिकारीले नेपाली दूतावासमा जानकारी गराएका छन् । दूतावास पुगी मृतकले पाउनुपर्ने सबै सेवा सुविधा बापतको रकम कम्पनीले बुझाएपछि शव नेपाल पठाउने अनुमति पत्र नियोगले जारी गरेको र थप प्रक्रिया पूरा गरी यथाशक्य शव पठाइने नेपाली नियोगका द्वितीय सचिव भुवन भट्टले मध्यान्हलाई जानकारी दिएका छन् ।

कोरोनाका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि शव पठाउने दिनसमेत यकिन भएको छैन । स्व. कामीको मृत्युबारे थप जानकारी लिन तथा सहायताका लागि मोना कतारका अध्यक्ष नरेन्द्र फगामी पनि दूतावास पुगेर शव सकेसम्म छिटो घरसम्म पुर्‍याइदिन अनुरोध गरेका छन् । फगामीले परिवारको अवस्था हेरेर आवश्यक सहयोग गरिने बताएका छन् । स्व. कामीको श्रीमतीसहित २ छोरा रहेका छन् ।  तिलु शर्मा पौडेल/मध्यान्ह 

अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरी दिने ७ जना पक्राउ

Previous articleअर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश निषेध
Next articleउडान बन्दले जताततै समस्याको चाङ, खाडी बाट एकलाख १७ हजार कामदारको माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।