Home Uncategorized अर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश निषेध

अर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश निषेध

अर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश निषेध

काठमाण्डौ – बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे अर्थात् आज आइतबारदेखि नेपालीसहित लगाउने भएको छ । नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो ।  तर यी देशबाट बहराइनी नागरिक, गल्फ को अपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले भने प्रवेश गर्न पाउनेछन् । तर यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ ।

यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ । बहराइनमा १० दिनभन्दा बढी बस्ने यात्रुको लागि एयरपोर्ट आगमन पश्चात् बहराइन दिनार ३६ तिरेर पहिलो पटक तथा पाँचौँ र दसौँ दिनमा समेत पीसीआर परीक्षण गर्नुपर्छ ।यसै गरी बहराइनमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमण दर बढेकाले सङ्क्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ ।

३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरुमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डोज खोप लगाएको १४ दिन बढी भइसकेको  र कोरोना सङ्क्रमण निको भएकाहरूले मात्र अनुमति पाउनेछन् ।  यी ठाउँमा प्रवेश गर्नका लागि BeAware एप्लिकेशनमा Green Shield देखाउन अनिवार्य गरिएको छ । निजी भेला समारोहमा समेत अधिकतम ६ जनाको सहभागिता निश्चित गरिएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि जारी मापदण्ड नमान्नेलाई बहराइन दिनार १ हजारदेखि १० हजारसम्म र कम्तीमा तीन महिनाको जेल सजाय वा दुवै हुन सक्नेछन् ।  बहराइन सरकारले त्यहाँ रहेका आप्रवासी श्रमिकलाई पनि खोप उपलब्ध गराइरहेको छ । खोप लगाउन बहराइन सरकारको स्वास्थ्य मन्त्रालयमा आवेदन दिन सकिन्छ ।

https://ujyaalonepalnews.com/archives/14425

Previous articleलोभी पापीको भाँडो कहिले भरिन्छ? कमाउने लोभमा नक्कली सेनिटाइजर; प्रहरीले हान्यो छापा
Next articleछुट्टीमा घर जान जहाज कुर्दाकुर्दै कतार मै अस्ताए निर प्रसाद
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।