चितवनमा निषेधाज्ञा फेरी थपियो; भोली देखि झनै कडाई हुने

जिल्ला प्रशासन कार्यलय चितवनले फेरि अहिले जारी निषेधाज्ञा थप्ने तयारी गरेको छ। चितवनमा कोरोना भाईरस संक्रमणको जोखिम अझै कायम रहेको भन्दै रोगथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो।

निषेधाज्ञा थप्नेबारे सरोकार निकायहरुसंग छलफल भईरहेको उहाले बताउनुभयो । निषेधाज्ञा कति समय थप्ने बारे आज निर्णय गरिने उहाको भनाइ छ । चितवनमा जारि निषेधाज्ञा जेठ १३ गते सकिदै छ । यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि तेस्रो चरणको निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

https://ujyaalonepalnews.com/?p=14440

Previous articleमे २५ बाट साउदी प्रवेश गर्नेलाई लाग्यो नयाँ नियम, के के छन् नियममा हेर्नुहोस पुरा विवरण
Next articleपासपोर्टको म्याद सकिन लागेका नेपालीहरुलाई रियादमा रहेको नेपाली दुताबासको सूचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।