पासपोर्टको म्याद सकिन लागेका नेपालीहरुलाई रियादमा रहेको नेपाली दुताबासको सूचना
उज्यालो नेपाल, ज्येष्ठ १२, चितवन- रोजगारीको लागी विदेश गएका धेरै नेपालीको राहदानीको म्याद विदेशमै सकिने गरेको छ! अध्ययन, रोजगारी वा व्यापार-व्यवसाय गर्न विदेश गएका नेपालीलाई राहदानीको म्याद सक्किएको खण्डमा विदेशमा नै रहेको नेपाली दुताबास वा नियोगहरु बाट राहदानी नविकरण गर्ने सबिधा छ! साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको महावाणिज्य दुताबासले साउदीमा रहेका नेपालीको राहदानी नविकरणको काम गर्दै आएका छन्!

केहि दिन अघि रियादमा रहेको नेपाली राजदूतावासको फ्रन्ट डेस्क (सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आई काम गर्नुपर्ने ठाउँ) मा खटिने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासमा आउने सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सेवाग्राही भौतिकरुपमा दूतावासमा उपस्थित भई लिनुपर्ने सेवाहरू विगत केही समयदेखि स्थगन गरिएको गरिएको थियो । संक्रमित मध्ये हालसम्म एकजना कर्मचारी कोरोना संक्रमणबाटभएका छन् भने अन्य कर्मचारीहरू अझै
आइसोलेसनमा छन् ।
दतावासको कन्सुलर र राहदानी सेवा क्रमशः खुलाउने निर्णय भएबमोजिम आगामी आइतबार ३० मे २०२१ देखि स्वास्थ्यसम्बन्धी विशेष सावधानी अपनाउँदै सिमित कर्मचारी खटाई राहदानी सेवा खुल्ला गर्ने व्यवस्था मिलाइएको दुताबासले जानकारी गराएको छ। राहदानी सेवा बाहेक मागपत्र प्रमाणीकरण लगायत दूतावासबाट प्रदान हुने अन्य सेवाहरू अर्को सूचना नभएसम्मको लागि स्थगित नै रहनेछन् ।
राहदानी सेवा निम्न तालिका बमोजिम प्रदान हुनेछः-
- राहदानी नविकरण गर्ने – आइतबारदेखि बिहिबारसम्म (सार्वजनिक विदाको दिन बाहेक)
- बनेर आएको नयाँ राहदानी बुझिलिने – बिहिबार र शुक्रबार मात्र ।
बढ्दो कोरोना संक्रमणका कारण तत्काललाई दूतावासभन्दा बाहिर अन्यत्र कुनैपनि शहरमा गएर राहदानी आवेदन
संकलन गर्न सक्ने संभावना नरहेको हुंदा राहदानी नविकरण गर्न चाहनेहरूले राजदूतावासमै पुग्नु पर्नेछ। साथै, राहदानी
नविकरणको लागि दुताबासमा जाँदा- सक्कल राहदानी, त्ययको एकप्रति फोटोकपि र नागरिकताको फोटोकपि अनिवार्यरुपमा साथमा लिएर जानुपर्नेछ । दूतावासमा फोटोकापि गर्न नपाईने दुताबासले जारी गरेको सुचनामा जनाईएको छ !
सुचनामा दुताबासले एक नोट जारी गर्दै यस्तो लेखेको छ: कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउदी सरकारले जारी गरेका निर्देशन तश स्वास्थ्य यापदण्डको पूर्ण पालाना गर्नु हामी सबैको कर्तव्य हो। दूतावासको प्रांगण भित्र पनि भौतिक दुरी कायम गनुपर्ने र भिडभाड गर्न नहुने हुदा राहदानी नविकरणका लागि आउने र नयाँ राहवानी लिन आउने व्यक्तिहरू बाहेक अन्य व्यक्तिलाई दूतावासको प्रगणभित्र छिर्न अनुमती दिइने छैन।

https://ujyaalonepalnews.com/archives/14441


