साउदी प्रवेश गर्नेलाई नयाँ नियम, अटेर गरे तुरुन्त देश निकाला

उज्यालो नेपाल- कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि हिजो मिति २४ मे २०२१ देखि लागू हुनेगरी साउदी सरकारको सम्बन्धित निकाय ( General Authority for Civil Aviation- GCCA) ले साउदी अरब प्रवेश गर्दा पालना गर्नुपर्ने नयाँ नियमहरू जारी गरेको छ । जस अनुसार साउदी अरब प्रवेश गर्ने प्रत्येक विदेशी नागरिकले देहायको व्यवस्था पालना गर्नुपर्ने छ!

  • साउदी अरबमा प्रवेश गर्दा, ८ वर्ष उमेरभन्दा माथिका, सबैले आफ्नो पि.सि.आर. परीक्षणको नेगेटिभ रिपोर्ट बोकेको हुनुपर्ने वा कोभिड विरूद्धको खोपको सबै डोज पुरा गरिसकेको आधिकारिक प्रमाण साथमा राखेको हुनुपर्ने । त्यस्तो पि.सि.आर, परीक्षणको नेगेटिभ रिपोर्ट ७२ घण्टाभित्रैको हुनुपर्ने ।
  • साउदीको अकामा भएका व्यक्तिले साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य वीमा गर्नु नपर्ने ।
  • तर, भिजिट भिसा (Visitor Visa) मा साउदी आउने यात्रुले कोरोना संक्रमणको उपचार समेत कभर गर्ने किसिमको स्वास्थ्य वीमा अनिवार्य रुपमा गरेको हुनुपर्ने । कोरोना संक्रमण कभर गर्ने किसिमको स्वास्थ्य वीमा भन्नाले क्लिनिक वा इमरजेन्सी वा अस्पताल भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४ दिनसम्मको संस्थागत क्वारेन्टिन खर्चसमेत व्यहोर्ने खालको स्वास्थ्य वीमा गरेको हुनुपर्ने ।

 

 

  • साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब आएपछि ७ दिनको अनिवार्य संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने । कोभिड विरूद्धको खोपको सबै डोज लगाई सकेकाहरू क्वारेनटिनमा बस्नु नपर्ने ।
  • संस्थागत क्वारेन्टिनको व्यवस्था यात्रु प्रवेश/आगमन गरेको शहरमै हुने ।
  • साउदी आएको २४ घण्टाभित्र र ७ औं दिनमा गरी २ पटक PCR परिक्षण गर्नुपर्ने । पि.सि.आर. परीक्षणमा नेगेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टिनबाट बाहिर जान सकिने । ८ वर्षभन्दा कम उमेरका बच्चाको पि.सि.आर. परीक्षण गर्नु नपर्ने ।

 

  • संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिएमा क्वारेन्टिनको अवधि १०-१४ दिनसम्मको हुने ।
  • साउदीको अकामा भएको व्यक्तिमा साउदी आउने बित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उपचार साउदी सरकारले गरिदिने ।
  • तर, भिजिट भिसा (Visit Visa) मा साउदी आएको विदेशी नागरिकमा साउदी आउने बित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको उपचार निजको स्वास्थ्य वीमाले कभर गर्नुपर्ने ।
  • यदि कसैले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वारेन्टिनसम्बन्धी नियमको उलंघन गरेमा निजलाई पुनः साउदी अरबमा आउन नपाउने गरी फिर्ता पठाइने ।

 

हिजो २५ मे बाट सुरु भएको यो नयाँ गाईडलाईन्स अनुसार अब साउदी जाने व्यक्तिले हवाई टिकट लिने बेलामा नै आफु कुन क्वारेन्टाइनमा बस्ने हो त्यसको छनोट गर्नु पर्ने छ ! त्यस्ता क्वारेन्टाइनको नाम हरु टिकट लिनेबेलामा सम्बन्धित एअरलाइन्सहरुले दिनेछन !

https://ujyaalonepalnews.com/archives/14449

Previous articleथोरै भएपनि राहत दिने खबर; ३ देशमा उडान खोल्ने सरकारको निर्णय
Next articleकतार लगायत तिन देशको उडान खुल्दै; नेपाल आउने व्यक्तिलाई यस्तो छ नियम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।