कतार लगायत तिन देशको उडान खुल्दै; नेपाल आउने व्यक्तिलाई यस्तो छ नियम

कतार लगायत तिन देशको उडान खुल्दै; नेपाल आउने व्यक्तिलाई यस्तो छ नियम

सरकारले आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान सञ्चालन गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी गराए ।

अघिल्लो पटकको लकडाउनमा भएका चार्टर्ड उडान निकै विवादित भएपछी सरकारले यो पटक सकेसम्म चार्टर्ड उडान संचालन नगर्ने नीति लिएको बुझिएको छ । संकटमा परेका व्यक्तिहरु थप शोषणमा नपरून् भन्ने उद्देश्यका साथ तिन देश मा उडान खुला गर्ने निर्णय गरिएको स्वास्थ्यमन्त्री ढकालले बताए । यसअघि भारतमा मात्र हप्ताको १/१ उडान हुँदै आएको थियो !

कोभिड-१९ को महामारीको कारण विदेशबाट नेपाल फर्कने प्रक्रिया केही झन्झटिलो बनेको त हामी सबैलाई थाहा नै छ ।यस अगाडी पनि यस विषयमा उज्यालो नेपाल मार्फत हामीले जानकारी नगराएको भने होइन, त्यसै क्रममा आज फेरी अर्को सामाग्री लिएर आएका छौं ! आशा छ तपाई नेपाल जाँदै हुनुहुन्छ भने पक्कै पनि यो जानकारीले तपाइलाई सहयोग पुर्याउने छ । साथै यस विषयमा अन्य तपाईलाई थप जानकारी छ भने हामीलाई लेख्न सक्नुहुनेछ ।

 

नेपाल फर्कने यात्रुले कुन कुन शर्त पुरा गर्न पर्छ? 

  • कोरोना खोपको दुवै डोज लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रु १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन पाउने
  • कसैले एउटा मात्र खोप लगाएको छ र कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्ने छ । यस्तो क्वारेन्टाइन खर्च विदेशबाट आउने यात्रु आफैंले बेहोर्नुपर्ने
  • एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुहरुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । १० दिन होटल क्वारेन्टाइनमा बस्दाको खर्च बहने आफैले व्यहोर्नु पर्ने

नारायणगढ-मुग्लिन सडक थप तीन साता बन्द

Previous articleसाउदी प्रवेश गर्नेलाई नयाँ नियम, अटेर गरे तुरुन्त देश निकाला
Next articleसाउदी: 28 May को सुचना, नयाँ पासपोर्ट बनेर आईपुग्यो, तपाईको पनि आयो कि?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।