मंगलबार देखि केहि देशमा उडान सुरु हुने भएपछी श्रम स्वीकृतिको काम पनि सुरु

मंगलबार देखि केहि देशमा उडान सुरु हुने भएपछी श्रम स्वीकृतिको काम पनि सुरु

काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचल आगामी बुधबारबाट हप्ताको एक दिन खुल्ने भएको छ । मंगलबारबाट केही श्रम गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडान सुचारु हुने भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको अीन्तम श्रम स्वीकृति दिन अर्को सूचना नभएसम्म हप्ताको एक दिन बुधबार कार्यालय खुलाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए ।

उक्त दिन अन्तिम स्वीकृतिको काम मात्र हुने बताइएको छ । निशेषज्ञाको अवस्थामा अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको काम भने भइरहेको थियो । महासचिव श्रेष्ठले व्यवसायी तथा कामदारहरुलाई श्रम स्वीकृति लिने विषयमा केही थप जानकारी लिनु परेमा संघको फेसबुक पेज, संघको मेलमा सम्पर्क वा म्यासेज गर्न आग्रह गरेका छन् । गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको थियो ।

सो अनुसार मंगलबारदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा अन्तर्राष्ट्रिय उडान हुने छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको तीव्र संक्रमण बढेपछि सरकारले गत बैशाख २० गतेदेखि आन्तरिक र २३ देखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोकेको छ । वैदेशिक रोजगार व्यवसायीहरुले नेपाली कामदारका प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना संक्रमण नियन्त्रणमा आई आर्थिक गतिविधि बढेको भन्दै नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ ।

वैदेशिक रोजगारीमा रहेकामध्ये हाल दैनिक करिब सात सय कामदारको श्रम स्वीकृति र भिसा सकिएको छ । उनीहरुलाई तत्काल स्वदेश फर्काउन अन्तर्राष्ट्रिय उडान तत्काल शुरु गर्न गैर आवासीय नेपाली संघ, कामदार, खाडी र मलेसियााका नेपाली दूतावासहरुले एकै स्वरमा आवाज उठाएर सरकारलाई दबाब दिइरहेका छन् । मध्यान्ह डेली बाट 

https://ujyaalonepalnews.com/archives/14477

Previous articleयी हुन ओली सरकारले चितवनमा पारेका बजेटका क्षेत्र
Next articleकतार बाहेक अन्य खाडी देशमा उडान खुलेन; नेपाल एअरलाइन्स र कतार एअरवेजले सोमबारदेखि उडान गर्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।