Home Uncategorized श्रम गर्न विदेश गएका नेपाली उतै रक्सि पार्दै बेच्दै; तीनजनालाई देश निकाला...

श्रम गर्न विदेश गएका नेपाली उतै रक्सि पार्दै बेच्दै; तीनजनालाई देश निकाला गर्ने तयारी

श्रम गर्न विदेश गएका नेपाली उतै रक्सि पार्दै बेच्दै; तीनजनालाई देश निकाला गर्ने तयारी

काठमाडौं : कुवेतमा गैरकानुनीरुपमा मदिरा व्यापार गरेको आरोपमा तीन नेपाली कामदारहरु पक्राउ परेका छन् । कुवेतको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत प्रहरीले नियन्त्रणका लिएको थियो । ठूलो परिमाणमा मदिरा बरामद भएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेको कुवेती पत्रिका अल–अनबाले उल्लेख गरेको छ ।

पक्राउ परेका तीन जना नेपालीलाई नेपाल डिपोर्ट गर्ने तयारीे गरिएको छ । कुवेतमा अवैध मदिरा उत्पादन तथा विक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो । अवैध मदिरा उत्पादन तथा बिक्रीमा अवैधरुपमा बसेका नेपालीको संलग्नता रहेको त्यहाँको प्रहरीले बताएको छ ।

यूएईमा श्रमिकलाई घाममा काम लगाउने कम्पनीलाई ५० हजार दिरामसम्म जरिवाना

दुबई। युनाइटेड अरब इमिरेट्स (यूएई) मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउने कम्पनीले ५० हजार दिरामसम्मको जरिवाना तिर्नुपर्ने छ। यूएईको मानव संसाधन मन्त्रालयले बुधबार यसको घोषणा गर्दै तीन महिनाको नियम लागू गर्न सबै कम्पनीको नाममा उर्दी जारी गरेको छ। सरकारले यसअघि नै घोषणा गरिसकेको छ, जुन १५ देखि दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन पाउने छैन। यो नियम सेप्टेम्बर १५ सम्म लागु हुनेछ।

नयाँ नियमअनुसार श्रमिकको दैनिक कामको अवधि ८ घण्टा बढी नहुने स्पस्ट पारिएको छ भने दिउँसो मध्य घाममा काम गर्न अफ्ठेरो भए साँझको समय परिवर्तन गर्न सकिने बताइएको छ। कुनै पनि श्रमिकले २४ घण्टाभित्र ८ घण्टाभन्दा बढी काम गरेको छ भने उसलाई ओभर टाइमको पैसा उपलब्ध गराउन पनि नियममा स्पष्ट पारिएको छ। सरकारबाट हालै जारी नियमको उल्लंघन भएको पाइएमा प्रत्येक श्रमिकबापत कम्पनीले ५ हजार दिरामसम्म जरिवाना तिर्नुपर्ने उल्लेख छ। यदि नियम विपरित धेरै श्रमिकलाई काम लगाइएको ठहर भएमा ५० हजार दिरामसम्म कम्पनीले जरिवाना तिर्नुपर्ने छ।

 

 

https://ujyaalonepalnews.com/archives/14506

Previous articleआरुषी मिडिया द्वारा संचालित अनलाईन उद्धोषण तालिम सम्पन्न
Next articleविदेश बाट आउनेलाई नयाँ मापदण्ड: यस्तो अवस्थामा क्वारेन्टाइन नबसी सिधै घर जान पाईन्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।