पिठुवा-माधवपुरका अति विपन्न परिवारलाई राहत वितरण

0
53

रत्ननगर,जेठ २६- चितवनको रत्ननगर-१४ स्थित नेपाल रेडक्रस सोसाईटी पिठुवा उपशाखा द्वारा रत्ननगर १४,१५ र १६ वडाका २२ विपन्न परिवारलाई राहत सामग्री सहयोग गरेको छ। आज(बुधवार) बिहान एक कार्यक्रम बिच रत्ननगर-१४ मा निर्माणाधीन पिठुवा उपशाखाको भवनमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाईटि,चितवन शाखाका सभापती ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १४ का अध्यक्ष हरिकुमार श्रेष्ठ,वडा नम्वर १५ का अध्यक्ष हुमनाथ लामीछाने र वडा नम्बर १६ का अध्यक्ष हेमराज थापा विशिष्ट अतिथिको रुपमा रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले महामारीको समयमा राहत वितरण जस्तो मानविय कार्यक्रम हुनु असाध्यै सकारात्मक पक्ष रहेको बताए ।उनले देशभर विभिन्न क्षेत्रमा थुप्रै दाताहरुले असहाय,दिन दुखी,गरिव र बिपन्न परिवारलाई सहयोग हुँदै आएको बताए। बिपदको समयमा यस किसिमको मानविय कार्यमा सबैलाई खुलेर लाग्न समेत अनुरोध गरेका छन। कार्यक्रममा राहत सामग्री स्वरुप प्रती परिवार २५ केजि चामल,नुन,प्याज लगायत खाद्यान्न सामग्री सहयोग गरिएको थियो।

उक्त कार्यक्रममा रेडक्रस पिठुवा उपशाखाकि सल्लाहकार रमा बस्नेत,सामाजिक व्यक्ति जयन्द्र कुँवर वडा सदस्यहरु गिता दाहाल ,शुशिला परियार,रुकमाया परियार, क्रान्तीकारी महिला संगठन,चितवनकी अध्य्क्ष संगिता भट्टराई ,भवन निर्माण समित सदस्य एवं कोषाध्यक्ष नर्मदा अधिकारी लगायत अतिथिको रुपमा रहेका थिए।  कार्यक्रम सामाजिक व्यक्तित्व एव अभियान्ता नशिव कृष्ण बस्नेतको विशेष सहयोगमा संचालन भएको थियो। उनले सामाजिक रुपमा उत्तरदायित्व बहन गर्न सम्पुर्णमा अपिल समेत गरेका छन।

शिक्षक एवं सामाजिक व्यक्तित्व रामहरि भण्डारिले संचालन गर्नुभएको उक्त कार्यक्रम नेपाल रेड्क्रस सोसाईटी पिठुवा उपशाखाको सभापती कमल चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

https://www.ujyaalonepalnews.com/archives/14575

Previous articleदुईवटै डोज खोप लगाए पनि क्वारेन्टाइन बस्नै पर्ने; विमानस्थलको अध्यागमन विभागले जारी गर्यो यस्तो सूचना
Next articleExit Visa लागेर पनि उडान नभएर साउदी छोड्न नसकेकाहरुले जुलाई ३१ सम्म कुनै फाईन तिर्न नपर्ने