दुईवटै डोज खोप लगाए पनि क्वारेन्टाइन बस्नै पर्ने; विमानस्थलको अध्यागमन विभागले जारी गर्यो यस्तो सूचना

0
65

गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् । गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्याङ्क दोब्बर छ । सो अवधिमा २३ हजार १३५ बाहिरिएका छन् । बाहिरिनेमध्ये नौ हजार ९७७ विदेशी र १३ हजार १५८ जना नेपाली छन् । अन्य महिनाको तुलनामा मेमा कम सङ्ख्यामा विदेशी नेपाल भित्रिएका छन् ।

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिलमा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् । यस्तै खाडीको देश र मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले अब पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बसे पुग्ने भएको छ । होटेल क्वारेन्टिनको अवधि पुरा गरेपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपनि थप १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।

मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत आउनेहरू विशेष अवस्थामा बाहेक सरकारले तोकेको होटल क्वरेण्टीनमा अनिवार्य बस्नुपर्ने उल्लेख गरिएको छ । मापदण्डमा कोरोना विरुद्धको खोप लगाएका यात्रु होटल क्वरेण्टीनमा बस्न नपर्ने भनेर कतै पनि उल्लेख गरिएको छैन । ‘दुवै डोज खोप लगाएको भए पनि होम क्वरेण्टीनमा बस्न पाउनेहरू भनेर मापदण्डले तोकेका बाहेक सबै यात्रुले होटल क्वरेण्टीनमा बस्नपर्छ’ मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भन्नुभयो,‘मापदण्ड सबै यात्रुका लागि हो यसमा खोप लगाएको नलगाएको भन्नै हुँदैन ।’

महामारीको जोखिमका कारण बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको हो । जसमा खाडी मुलुकवाट आउनेहरुका लागि अनिवार्य ५ दिन होटल क्वारेन्टिन र त्यसपछि १० दिन होम क्वारेन्टिन बस्नुपर्ने उल्लेख छ । आज मंगलबारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको हो । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइएको छ । अन्य यात्रुका लागि तोकिएको मापदण्ड पुरानो यथावत राखिएको छ । जुन नेपाली र विदेशीका लागि लागू गरिएको छ ।

आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई अनिवार्य १० दिन होटेल क्वरेण्टीनको प्रावधान अहिले पनि दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ । १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्यमा जान सक्नेछन् । आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सिधै गन्तव्यमा जान दिइने छ । तर १० दिन होम क्वरेण्टीनमा बस्नपर्छ ।

सरकारले अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वरेण्टीन नतोकिने भएको छ । नयाँ मापदण्ड अनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वरेण्टीनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो । पर्यटन मन्त्रालयले होटेल क्वरेण्टीनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डलाई दिएको छ । दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकका आमा–बुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई नियोगको सिफारिसमा जान दिइने भएको छ ।

https://www.ujyaalonepalnews.com/archives/14513

Previous articleथोरै भएपनि राहत दिने खबर; ३ देशमा उडान खोल्ने सरकारको निर्णय
Next articleसाउदी प्रिन्स मोहम्मद बिन सलमानको अर्को महत्वपूर्ण फैसला; मस्जिदहरूका लाउडस्पीकरमा लगाईयो लिमिट