साउदीको राजधानी रियादको मुटुमा सात रोपनी जग्गा किन्दै नेपाल सरकार

साउदीको राजधानी रियादको मुटुमा सात रोपनी जग्गा किन्दै नेपाल सरकार

काठमाडौँ — साउदी अरब सरकारले नेपाली दूतावासलाई कूटनीतिक क्षेत्रभित्र जग्गा उपलब्ध गराउने भएको छ । साउदीमा जग्गा व्यवस्थापन गर्ने शाही आयोग (रोयल कमिसन फर रोयल सिटी) ले आठ किलोमिटरमा फैलिएको कूटनीतिक क्षेत्रभित्र जग्गा दिने सहमति गरेको हो । नेपाली नियोगका लागि ३ हजार ६ सय ६४ वर्गमिटरको क्षेत्रफल छुट्याइएको छ । यस क्षेत्रभित्र ७५ वटा दूतावास छन् ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतका अनुसार जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘जग्गा खरिद प्रक्रिया सरकार–सरकारबीच हुन्छ । यसका लागि खरिद सम्झौताको मस्यौदामा सहमति भएको हो,’ उनले भने, ‘साउदी सरकारले अन्य देशलाई बेचेकै मूल्यमा नेपाललाई पनि जग्गा उपलब्ध गराउनेछ ।’ शाही आयोगले जग्गा खरिद गरेको ५ वर्षभित्र दूतावासको निर्माण सम्पन्न गर्नुपर्ने सर्त राखेको छ ।

खाडी क्षेत्रका मुलुकमध्ये सबैभन्दा पहिला साउदी अरबमा नेपाली दूतावास स्थापना भएको थियो । राजधानी रियादमा सन् १९८४ देखि दूतावास भाडाको भवनमा छ । त्यसअघि नेपाली दूतावास साउदीको पुरानो राजधानी जेद्दामा सन् १९७८ मा खुलेको थियो । जेद्दामा हाल महावाणिज्य दूतको कार्यालय छ । साउदीमा ३ लाख २५ हजार नेपाली कार्यरत छन्

https://ujyaalonepalnews.com/archives/14579

Previous articleपिठुवा-माधवपुरका अति विपन्न परिवारलाई राहत वितरण
Next articleजुन १४ तारिखमा दमाम र रियाद बाट एकएक उडान हुँदै, टिकटको लागी कंहा सम्पर्क गर्ने??
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।