Home Uncategorized खोप नलगाएका व्यक्ति अब सपिंग मलहरुमा छिर्न नपाउने साउदी सरकारको निर्णय

खोप नलगाएका व्यक्ति अब सपिंग मलहरुमा छिर्न नपाउने साउदी सरकारको निर्णय

खोप नलगाएका व्यक्ति अब सपिंग मलहरुमा छिर्न नपाउने साउदी सरकारको निर्णय

उज्यालो नेपाल, जेठ ३०- साउदी अरेबियाका अधिकारीहरुले कोभिड विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई मल प्रवेशमा रोक लगाउने निर्णय गरेका छन् ! १ अगस्त २०२१ देखि सपिंग मल प्रवेश गर्न कम्तिमा कोभिड १९ विरुद्धको गृह मन्त्रालयले खेलकुद र मनोरन्जन कार्यक्रममा भाग लिन, सांस्कृतिक गतिविधिमा भाग लिन र बिभिन्न निजी तथा सार्वजनिक प्रतिष्ठानमा प्रवेश गर्न चाहनेलाई अगस्ट १ तारिखदेखि खोप अनिवार्य हुने बताएको थियो ।

साउदीको स्वास्थ्य मन्त्रालयको अनुसार राष्ट्रिय वैज्ञानिक समितिले १२-१८ वर्ष उमेर समूहलाई पनि भ्याक्सिन दिने बारे अध्ययन गरिरहेको छ। आइतवार साप्ताहिक प्रेस भेटघाटलाई सम्बोधन गर्दै स्वास्थ्य स्वास्थ्य मन्त्री र मन्त्रालयका प्रवक्ता डा। मुहम्मद अल-अब्देल अलीले भने कि राज्य एक करोड सन्ताउन्न लाख व्यक्तिहरुलाई खोप लगाईसकिएको छ भने अन्य एक करोड चालिस लाख व्यक्तिले कम्तीमा एक डोज खोप लगाईएको छ ।

घाममा काम लगाउने ४४ कम्पनीलाई कतार सरकारको कारबाही

प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले घाममा काम लगाउने थप ४४ कम्पनीलाई कारबाही गरेकोे छ । मन्त्रालयले जुन ४ देखि ९ सम्म गरेकोे निरीक्षणमा ती कम्पनीहरुले नियमको उल्लंघन गरेको भेटिएको थियो । मन्त्रालयले यस अघि नियम उल्लंघन गर्ने ५४ कम्पनीलाई कारबाही गरेको थियो । २००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार कतारमा जुन १ देखी सेप्टेम्बर १५ सम्म बिहान १० बाट बेलुका ३:३० बजे सम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन पाईदैन ।

कारबाहीमा परेका निर्माणाधीन , कृषि र उद्योग क्षेत्रका ती कम्पनीलाई तीन दिन बन्द गर्नुपर्ने सजाय दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै कम्पनीलाई निषेधित समयमा काम नलगाउन निर्देशन दिएको छ । कम्पनीले नियमको उल्लंघन गरे ४०२८०६६० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । QN खबर बाट 

https://ujyaalonepalnews.com/archives/14714

Previous articleनेपालीलाई गधा भन्दा तल्लो स्तरको व्यवहार गर्ने कम्पनीले मुद्दा हार्यो; नेपाली श्रमिकले ६ करोड बढी क्षतिपूर्ति पाउने
Next articleएक रुपैया भ्रष्टाचार गरेका छैनौं, बदनाम गर्ने प्रपन्च गरियो: नगरप्रमुख वन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।