एक रुपैया भ्रष्टाचार गरेका छैनौं, बदनाम गर्ने प्रपन्च गरियो: नगरप्रमुख वन

0
47

एक रुपैया भ्रष्टाचार गरेका छैनौं, बदनाम गर्ने प्रपन्च गरियो: नगरप्रमुख वन

चितवन । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणलाई आधार बनाएर नियमिविपरित ढेड करोड खर्च शिर्षकमा समाचार बाहिर आएपछि नगरप्रमख नारायण वनले मुख खोलेका छन् । नगरप्रमुख वनले आफु लगायत जनप्रतिनिधिहरुले एक रुपैया पनि भ्रष्टाचार नगरेको र महालेखाको नाममा भ्रम फैलाउने काम भएको स्पष्ट पारेका हुन । जनताले तिरेको करलाई हामी विकास निर्माणमा लगाउने विषयमा सचेत छौं उनले भने अहिले सम्म एक रुपैया खाएको पनि छैन,खान पनि नपरोस ।

रत्ननगर नगरपालिका र आफुलाई बदनाम गर्न कहाबाट कुन शक्ति लागि परेको छ,त्यो मैले खोजिगरिरहेको छु उनले भने हामीले भ्रष्टाचार र अनियमितता गरेका छैनौं,यसमा नगरबासीलाई विश्वस्त गराउछु । महालेखाले देखाएको नियमविपरीत भनिएका जति खर्च छन्, ती सबै रकम बेरूजु भएको उनले बताए । ‘बेरूजु भ्रष्टाचार र अनियमितता होइन, रत्ननगरको बेरूजु रकम नियमित गर्ने र कागजात पेस गर्ने रहेको छ ।

नियमित गर्ने नगरसभाबाट पास हुन्छ र बेरूजु हट्छ, कागजात पेस गर्न भनेको कुरा कागजात संकलन गरेर महालेखामा पठाउँछौँ । नगरप्रमुख वनले असुलउपर गर्ने रकम सबै असुल गरिने बताए । उनले भने, ‘असुलउपरको लागि पत्र पठाइसकिएको छ, रकम आइरहेको पनि छ । नपुगेका कागजातहरु संकलन गरेर महालेखामा पठाइसकिएको छ ।’

https://www.ujyaalonepalnews.com/archives/14718

Previous articleराजदूत भण्डारी र सहायक विदेशमन्त्री अल–धाफिरी बीच भेटवार्ता
Next articleकलेजोले काम नगरेपछि परदेशमै अस्ताए चितवनका बिनोद