बागमती प्रदेशको ५७ अर्ब ७२ करोडको नयाँ बजेट: खोप लगाउन २ अर्ब (पूर्णपाठ)

बागमती प्रदेशको ५७ अर्ब ७२ करोडको नयाँ बजेट: खोप लगाउन २ अर्ब (पूर्णपाठ)

काठमाडौं । वागमती प्रदेशले आर्थिक वर्ष २०७८–०७९ को लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गरेका हुन् ।जसमा चालुतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ छुट्याइएको छ । चालु आर्थिक बर्षमा ५१ अर्बको बजेट सार्वजनिक गरेको थियो ।

विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड , अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदान १६ अर्ब ९२ करोड , विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि रु दुई अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

बजेटको पूर्ण PDF फाईल हेर्नको लागी यँहा क्लिक गर्नुहोला 

 

 

https://ujyaalonepalnews.com/archives/14753

Previous articleकलेजोले काम नगरेपछि परदेशमै अस्ताए चितवनका बिनोद
Next articleमलेसिया, युएई र साउदी अरबको पनि उडान खोल्ने तयारी; एयर अरेबिया र फ्लाई दुबई अनुमति लिने प्रक्रियामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।