चितवनमा आज फेरी बाघले मान्छे खा’यो

0
86

चितवनमा आज फेरी बाघले मान्छे खायो

चितवन — बाघको आक्र’मणमा परी सोमबार दिउँसो रत्ननगरमा एक महिलाको ज्यान गएपछि स्थानीयले चितवन निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालयमा तोड’फोड र आग’जनी गरेका छन् । रत्ननगर नगरपालिका-५ मगर टोलकी ३२ वर्षीया गीता अधिकारीलाई घर आडको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका बेला बाघले आक्र’मण गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए । दिउँसो १ बजेतिरको घटनापछि आ’क्रोशित स्थानीयले निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालय अगाडि प्रदर्शन गर्दै आग’जनी र तोड’फोड गरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्रदर्शन गर्न आएकाहरुले कार्यालयका सिसा फु’टाउनुका साथै चौरमा ल्याएर कुर्सी र बेञ्च जलाएका छन् । घटनालगत्तै निकुञ्जले बाघ धपाएर महिलाको श’व तत्काल बाहिर नल्याएको भन्दै स्थानीयले प्रदर्शन गरेको निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले घट’ना भएको ४५ मिनेटभित्रै हात्तीसहितको टोली घटनास्थलमा पुगेको बताए । ‘बाघ भएको ठाउँमा जान हात्ती चाहिन्छ । प्राविधिक टोली तयार हुनु पर्दछ । यसका लागि चाहिने समय बाहेक अरु ढिला’सुस्ती भएको छैन,’ बरालले भने । बाघले महिलाको श’व कुरेरै बसेको थियो । साढे चार बजेतिर प्राविधिक टोलीले डार्ट गरेर बाघलाई लठ्याएको मध्यवर्ती अध्यक्ष घिमिरेले जानकारी दिए ।

केही दिनयता चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा वन्यजन्तुले आक्र’मण गर्ने र स्थानीय घा’इते हुने तथा ज्यानै जाने घ’टना बढेको छ । दुई हप्ताअघि जेठ २४ गते भरतपुर महानगरपालिका–२४ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्र’मणमा परेर भरतपुर–२५ बसकट्टाका ३५ वर्षीय छन्नुराम बोटेको निध’न भएको थियो । उनी माछा मा’र्न निकुञ्ज क्षेत्रमा पर्ने राप्ती नदीमा गएका थिए ।

त्यसअघि च्याउ टिप्न निकुञ्ज गएका बेला बैशाख ३० मा जंगली हात्तीले एकजनाको ज्यान लिएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार यो आर्थिक वर्षमा अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा १३ जनाको मृ’त्यु भएको छ । जसमध्ये बाघले चारजना, हात्ती र गैंडाले तीन/तीनजनाको ज्यान लिएको उनले बताए । गौरी गाइ, बँदेल र मगर गोहीले आक्र’मण गर्दा एक/एकजनाको ज्यान गएको उनको भनाइ छ । कान्तिपुर बाट 

https://www.ujyaalonepalnews.com/archives/14829

Previous articleउर्लियो नारायणी: ईतिहासकै ठुलो बाढी, राती ९ बजे यस्तो आयो रिपोर्ट
Next articleटन्टलापुर घाममा कामदारलाई जोताउने ९८ कम्पनीलाई कारबाही