निराजन घिमिरे/ २४ जुन– केहि समयदेखि बन्द रहेको नेपाल र साउदी अरब बिचको हवाई उडान पुन: सुचारु हुनेभएको छ । कोरोना महामारीको दोश्रो लहर फैलिए संगै नेपालमा बैशाख १८ देखि आन्तरिक र बैशाख २३ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाइएको थियो। करिब २ महिना देखि उडान बन्द हुँदा देश बाहिर रहेका नेपालीहरु स्वदेश फर्कन नपाएर समस्यामा परेका थिए । विशेष गरि साउदी, कतार, मलेशिया, युएई, कुवें, बहराईन लगायत मुलुकहरुमा रोजगारी गर्ने नेपाली श्रमिकहरु निकै मर्कामा परेका थिए ।
कोरोनाको ग्राफ घट्दै गएपछि सरकारले सिमित अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णय संगै साउदीको दमामबाट हिमालय एअरलाइन्सको उडान सुरुहुने भएको हो । उडान सुरुहुने हल्ला चले पछि केहि खुशी भएका श्रमिकहरु थोरै मात्र उडान हुने भएका कारण पुन: चिन्तित बनेका छन् । सिमित उडान हुने भएपछी टिकटको मूल्य सामान्य अवस्थामा भन्दा ३०० % महगो भएको छ ।
फेरी दमाम बाट मात्र उडान हुने भएपछी रियाद वरपर काम गर्ने नेपालीहरु रियाद बाट उडान कहिले खुल्छ भन्ने पर्खाईमा छन् । तर सरकारले रियाद बाट उडान सुरुगर्ने बारे अहिले सम्म कुनै जानकारी दिएको छैन । यसै बीच साउदीको रियादमा रहेको नेपाली दुताबासले सुरु भएको उडान बारे जानकारी दिंदै एक सुचना प्रकाशित गरेको छ ! दुताबासको सुचना तल हेर्नुहोला
अन्तर्राष्ट्रिय हवाई उडान तालिकासम्बन्धी सूचना
जनस्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना हुनेगरी केही मुलुकका लागि सिमित संख्यामा अन्तर्राष्ट्रिय हवाई उडानको
अनुमति दिने नेपाल सरकारको निर्णयबमोजिम नेपाल उड्डयन प्राधिकरणले प्रकाशन गरेको साप्ताहिक हवाई उडान
तालिका यससँगै पोष्ट गरिएको छ । जसअनुसार काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा हप्तामा २ वटा उडान राखिएको छ । यसका अतिरिक्त साप्ताहिक रुपमा कतारबाट-७, युएईबाट-५, कुवेतबाट-२ र ओमानबाट-१ वटा उडान राखिएको देखिएकोले ती मुलुकलाई ट्रान्जिट बनाएर समेत नेपाल जान सकिने छ । टिकट खरिद तथा अन्य जानकारीका लागि सम्बन्धित एअरलाईन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्पर्क गर्न सकिने छ ।
नोटः हाल चिमित अन्तर्राष्ट्रिय उडान भैरहेको अवस्थामा केही ट्राभल एजेन्सीहरूले तोकिएको भाडा भन्दा अत्याधिक
चर्को भाडा असुल गरेको भन्ने गुनासोहरूका सन्दर्भमा विस्तृत छानबिन गर्न तथा आक्श्यक कारवाहीको सिफारिस गर्न
पर्यटन संस्कृति तश नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको व्यहोरा समेत जानकारी गराइन्छ।
साउदी अरबबाट नेपाल फर्किने कामदारहरूले:-
- पछिल्लो ७२ घण्टाभित्रको पि.सि.आर. परीक्षणमा कोभिड नेगेटिभ रहेको रिपोर्ट र सि.सि. एम.सि. बारकोड
अनिवार्यरुपमा बोक्नुपर्ने छ। - काठमाडौं पुगेपछि ५ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने । त्यसपछि पि.सि.आर. परीक्षण नेगेटिभ आएमा
थप १० दिन होम क्वारेन्टिनमा बस्नेगरी घर जान पाइने ।
https://ujyaalonepalnews.com/archives/14887


