एअरपोर्ट भित्रै लगेज फो’रेर ल्यापटप चो’र्ने विष्णुलाई प्रहरीले समायो

एअरपोर्ट भित्रै लगेज फोरेर ल्यापटप चोर्ने विष्णुलाई प्रहरीले समायो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चो’रेको आरो’पमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विमानस्थलमा लोडरको काम गर्ने २९ वर्षीय विष्णु अधिकारी छन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका अधिकारीलाई चो’री गरेको ८ थान ल्यापटपसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

नयाँ नेपाल जनशक्ति सर्भिस प्रालिको तर्फबाट कार्गो कम्प्लेक्सको निर्यात गोदाममा लोडरको काम गर्ने अधिकारीले ल्यापटप चो’री गरेका हुन् । रातको समयमा आयात तर्फको गोदामबाट उनले ल्यापटप चो’रेर फोहोरमा लु’काउने गरेको र दिउँसो डेरामा लैजाने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । त्रिवि शाखा कार्यालयले संचालनमा ल्याएको कार्गो कम्प्लेक्सबाट २९ वर्षीय अधिकारीले जेठ २० मा ७ र असार ३ मा ६ थान गरी १३ थान ल्यापटप चो’री गरेको पाइएको छ ।

चो’रीको सूचना आएपछि विमानस्थल सुरक्षा कार्यालय र महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान गरेको थियो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ वेशीगाउँ बस्ने उनलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

https://ujyaalonepalnews.com/archives/14891

Previous article२८ जुन देखि उडान सुरुहुने भएपछी साउदीमा रहेको नेपाली दुताबासले निकाल्यो यस्तो सूचना
Next articleकालिका नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।