काठमाडौं : नेपाली कामदारको प्रमुख गन्तव्यमध्येको एक संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाली उडानलाई करिब थप एक महिना रोक्ने भएको छ । नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाइसम्म लम्ब्याएको बताएको छ । यसअघि उक्त मुलुकले नेपालीलाई ७ जुलाइसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।
यूएईले नेपालीसहित भारतीय, पाकिस्तानी, बंगलादेशी, श्रीलंकाली, कंगोली, युगान्डाली, लाइबेरियाली, नामिबियाली, सिएरालिओनी, जाम्बियाली, भियतनामी, नाइजेरियाली र दक्षिण अफ्रिकी गरी १३ देशका नागरिकलाई जुलाई २१ ( साउन ६ ) सम्म प्रवेश रोकेको छ । चार्टर जहाज र कार्गो विमान भने उड्न पाउने बताइएको छ । दुवै डोज खोप लगाएको आधारमा प्रवेश दिने नीति भने यथावत रहेको बताइएको छे ।
जुन २३ देखि नियमित उडान हुने भनिएको भारतसँगको उडान पनि अर्को आदेश नभएसम्मका लागि रोकेको छ । भारतमा शनिबार डेल्टा भेरियन्टका ८० नयाँ केश फेला परेका छन् । यसअघि नेपालमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको थियो । वैदेशिक रोजगारीमा जाने मध्ये प्रतिशतका हिसावले यूएईमा १४ प्रतिशत नेपाली जाने गरेका छन् । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले गत जुन २३ तारिखदेखि दुबई–काठमाडौंको एकतर्फी हवाई उडान शुरु गरेको थियो ।
केरोना महामारीका कारण यूएईमा रोकिएका, अलपत्र परेका श्रमिकलाई उद्धार गर्ने उद्देश्यले उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सका अनुसार यूएईबाट हुने उद्धार उडान असार ९ र असार १६ गतेका लागि तय भएको नेपाल एयरलाइन्सले जनाएको छ । यूएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् । जसको लागि टिकट बुकिङ समेत खुलिसकेको छ ।
कोरोना महामारीमा कमी आएपछि यूएईले अल्होसन एप मा ‘ग्रीन पास’ अनिवार्य गरी आन्तरिक व्यापार तथा उत्दपादन तथा सेवा क्षेत्र खुला गरेको छ । हाल त्यहाँ सार्वजनिक तथा निजी समुद्री किनार, सार्वजनिक पार्क, स्विमिङ पुल, सपिङ मल, सुपरमार्केट, जिम, होटल, मनोरञ्जन केन्द्र, सिनेमा हल, संग्रहालय तथा रेस्टुरेन्ट र क्याफे खोलिएका छन् । मध्यान्ह बाट
https://ujyaalonepalnews.com/archives/14922


