सुजिता भण्डारी प्रकरण: ह’त्या कि आ’त्मह’त्या? वि’षको बट्टाले उब्जाएको सं’सय

Click Image

असार २१, चितवन- चितवन राप्तीकी सुजिता अधिकारीको ला’स घर भन्दा करिब  ३ किमी पर जंगलमा भेटिएपछी चितवनको माहोल अचा’नक तात्ति’यो । दश दिन अघि साथीको घरमा तरकारी लिन जान्छु भनि घरबाट हिंडेकी सुजिता बे’पता भएसंगै उनको खोजी तिब्र बनाईएको थियो । तर हिजो असार २० गते चितवन राप्तीकै वडा नं ३ धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा सडे’गलेको अवस्थामा उनको श’व फेला परेको थियो ।

प्रहरीले सुजिता हराएको ९औं दिनसम्म पनि उनि अपह’रित भएको पुष्टि गर्ने अन्य आधार भेटेको थिएन । त्यसैले उनी कोही युवकसँग गएको हो कि भन्ने आशं’का पनि गरिएको थियो । त्यही आशं’कामा प्रहरीले स्नातक चौथो वर्षमा अध्ययरत सुजिताका साथीहरुसँग पनि सोधपुछ अघि बढाइरहेको थियो । प्रहरीमाथि द’बाब बढ्दै गएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई पनि चितवन खटायो । तर अनुसन्धानमा उपलब्धी हात नलागिरहेका बेला आइतबार दिउँसो २ बजे राप्ती नगरपालिका–३ को ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा उनको श’व भेटियो ।

च्याउ खोज्न गएका स्थानीयले वनको बीचको झ्याङमा अड्कि’एको अवस्थामा श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार श’व भेटिएलगत्तै प्रहरी टोली घट’नास्थलमा पुगेको थियो, श’व अप’हरणमा परेकी भनिएकी सुजिताको हुनसक्ने आ’शंका गरियो । घरबाट करिब ३ किलोमिटरको दूरीमा रहेको जंगलमा श’व भेटिएकाले पनि प्रहरीले श’व सुजिताको हुनसक्ने आशं’का गरेको थियो । नभन्दै साँझ परिवारका सदस्यले वनमा भेटिएको श’व सुजिताकै भनेर सना’खत गरेको एसपी अधिकारी बताउँछन् ।

राति ढिला भइसकेकाले प्रहरीले घट’नास्थल शिल गर्‍यो । बिहान घटनास्थल ‘सर्च’ गर्दा धानमा हाल्ने वि’षादीको बट्टासमेत बरा’मद भयो । घटनास्थलमा ‘स्प्राइट’को बोतल पनि भेटिएको छ, त्यहाँ हालेर वि’षसेवन गरेको हुनसक्ने प्रहरी आशं’का छ । श’वमा अन्य बाहिरी चोटपटक नदेखिएको प्रहरी बताउँछ । अनुसन्धान अधिकृतहरुका अनुसार झट्ट हेर्दा वि’ष सेवनका कारण सुजिताको मृ’त्यु भएको हो कि भन्ने देखिएको छ । तर यसको निर्क्यौल पो’ष्टमार्टम रिपोर्टले मात्रै गर्नेछ । पोष्टमार्टम भरतपुर अस्पतालमा गर्ने कि काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गर्ने भन्ने विषय टुंगो लागेको छैन ।

एक अनुसन्धान अधिकृतका अनुसार उनले बोक्ने झोलासमेत घट’नास्थल छेउमै भेटिएको छ । सुजिताको मोबाइल हालसम्म भेटिएको छैन, तर ब्याट्री चाहिं फेला परेको छ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘मोबाइल खोलामा फालेको हो वा कहाँ गयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’ स्थानीयका अनुसार जंगलको बीचमा गाडी जाने ठाउँ छैन । प्रहरीका अनुसार कसैलाई त्यहाँसम्म लैजानु परे बोकेर लानुको विकल्प देखिँदैन । त्यसैले सुजिता आफैं घट’नास्थलसम्म पुगेको हो कि भन्ने प्रहरी आशं’का छ । अनुसन्धान अधिकृतहरु यसपछाडि प्रेम सम्बन्धको विषय हुनसक्ने अनुमान गर्छन् । तर प्रहरीले यी सबै आशं’कालाई प्रमाणले पुष्टि गर्नुपर्नेछ र आ’त्मह’त्या देखिए दुरु’त्साहनको मुद्दा चल्न सक्नेछ ।

https://ujyaalonepalnews.com/archives/14980

Previous articleवैदेशिक रोजगारीमा खोपको त’नाब; खोप लगाएका कामदार मात्र लैजाने मुख्य शर्त
Next articleकतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।