नवल नेपालको निर्देशनमा ‘दिल चुप छ’को प्रसारण सुरु

काठमाडौं । चर्चित निर्देशका नवल नेपालले नयाँ नेपाली सिरिज निर्देशन गरेका छन । ‘दिल चुप छ’नामक उक्त सिरिज हरेक शनिवार साँझ ७:३० बजे बि एम एच डि टेलिभिजनमा प्रसारणमा आएको छ । यो सिरिज बुढासुब्बाको अफिसियल युट्युब च्यानलमा शनिबार साँझा ७ः३० मा पनि हेर्न सकिन्छ ।सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ ।

दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङ्गको सम्पादन, एलिस कार्कीको संगीत तथा पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको रंग संयोजन रहेको प्रस्तुत सिरिजलाई नवराज गिरि र सरस्वती गिरिले निमार्ण गरेका हुन ।

सिरिजमा सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल , प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्काको प्रतिक गिरि शिक्षा संग्रोला सक्षम पुरी अभिनय रहेको छ ।

https://ujyaalonepalnews.com/archives/15169

Previous articleखोप कार्यक्रमको लथालिङ्ग पाराले वैदेशिक रोजगारमा जाने कामदार अलपत्र
Next articleभद्रकालीमा भजन बज्न छोडेपछि युवा व्यवसायी प्रकासले दिए ८० वाट क्षमताको एम्प्लिफायर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।