भद्रकालीमा भजन बज्न छोडेपछि युवा व्यवसायी प्रकासले दिए ८० वाट क्षमताको एम्प्लिफायर

भद्रकालीमा भजन बज्न छोडेपछि युवा व्यवसायी प्रकासले दिए ८० वाटको एम्प्लिफायर

निराजन घिमिरे, साउन ०९ , चितवन- चितवनको रत्ननगर १६ मा रहेको भद्रकाली मन्दिरलाई स्थानीय युवा व्यवसायीले सहयोग प्रदान गरेका छन् । रत्ननगर १६ कै तिलकबहादुर चोकमा खड्ग श्री ईन्टरप्राईजेज संचालन गर्दै आउनुभएका युवा व्यवसायी प्रकाश कार्कीले आठ हजार बराबरको सहयोग गर्नुभएको हो । उंहाले मन्दिरमा भजन किर्तन बजाउनको लागी ८० वाट क्षमताको एम्प्लिफायर र एकथान माईक सहयोग गर्नुभएको छ ।

भद्रकाली मन्दिर परिसरमै आयोजित एक कार्यक्रममा भद्रकाली टोल विकास संस्थाका अध्यक्ष जगन्नाथ नेपाललाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापा, वडा सदस्य विष्णुप्रसाद रिमाल, भद्रकाली युवा क्लबका उपाध्यक्ष बद्रि लामिछाने लगायतको उपस्थिति रहेको थियो । पुरानो एम्प्लिफायर बिग्रिएर थन्किएपछि केहि समयदेखि भद्रकाली सुनसान थियो ।

https://ujyaalonepalnews.com/archives/15172

Previous articleनवल नेपालको निर्देशनमा ‘दिल चुप छ’को प्रसारण सुरु
Next articleTopaz Gulf कम्पनीले अल’पत्र पारेछी १४ नेपालीको हारगुहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।