विदेश जान जोन्सन एण्ड जोन्सन खोप लगाउनुभएको छ ? प्रमाणपत्रमा यी कुरा हुन अनिवार्य

विदेश जान जोन्सन एण्ड जोन्सन खोप लगाउनुभएको छ ? प्रमाणपत्रमा यी कुरा हुन अनिवार्य

तपाईँ कतार जाँदै हुनुहुन्छ र जोन्सन एण्ड जोन्सनको खोप लगाउनु भएको छ ? यदि त्यसो हो भने तपाईँले खोप लगाएको १४ दिन पुरा भएपछि कतार जानुभयो भने त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्न पर्दैन । तर खोप लगाएको प्रमाणपत्रमा भने निश्चित कुराहरू हुन आवश्यक छ । पासपोर्टमा भएको नामसँग मिल्ने गरी खोप लगाएको प्रमाणपत्रमा नाम हुन पर्छ । त्यसमा स्पष्ट रूपमा खोप लगाएको मिति हुन आवश्यक छ । यस्तै खोपको नाम वा प्रकार, उपलब्ध भएको खोपको लट नम्बर र खोप लगाउने निकायको सही छाप हुनुपर्छ ।

यसका साथै कतारमा कोरोना सङ्क्रमण भई निको भएको १२ महिनाभित्र पुनः कतार प्रवेश गर्ने यात्रुले पनि क्वरेण्टीनमा बस्न पर्दैन । कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेकाहरूले खोप लगाएको १२ महिना अवधिभित्र पुनः कतार प्रवेश गर्दा क्वरेण्टीनमा बस्नु पर्दैन । कतारले फाइजर, बोयोएनटेक, मोडेर्ना, अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएको छ ।

तर खोपको दुवै मात्रा(जोन्सन एण्ड जोन्सन बाहेक) पूरा भएको १४ दिन पूरा नभएका वा खोप नलगाएका यात्रुको हकमा भने अनिवार्य रूपमा Discover Qatar वेबसाइटबाट बुकिङ गरी १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेखाइनिस क्वरेण्टीन(श्रमिकहरुका लागि भनेर बनाइएको क्वरेण्टीन, जुन होटल क्वरेण्टीनको तुलनामा सस्तो पर्छ ।) मा बस्नुपर्छ । कतार सरकारले जारी गरेको यो नियम जुलाई १२ अर्थात् गएको असार २८ गतेदेखि नै लागू भइसकेको छ ।

नेपालबाट यात्रा गर्ने हरेक यात्रुको साथमा नेपालमा तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएका ७२ घण्टा भित्रको कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट हुनपर्छ । यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्री रजिस्ट्रेसन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने यात्रा अनुमति प्रिन्ट गरी साथमा लिएर मात्र यात्रा गर्न पाइन्छ । नत्र पाइँदैन । उज्यालो अनलाइन 

https://ujyaalonepalnews.com/archives/15179

Previous articleTopaz Gulf कम्पनीले अल’पत्र पारेछी १४ नेपालीको हारगुहार
Next articleकतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे यस्तो नयाँ नियम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।