कतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे यस्तो नयाँ नियम
काठमाण्डौं । कतार सरकारले त्यहाँ आउने विदेशी नागरिकका लागि नयाँ नियम लागु गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपाली समेतका लागि कतारले कोरोनाबाट जोगिन नयाँ मापदण्ड लागु गरेको छ। दोहास्थित नेपाली दूतावासका अनुसार नेपालीका लागि नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको नेगेटिभ पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ।

त्यसैगरी यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि त्यहाँको एक वेबसाइटमा अनलाइन माध्यमबाट प्री-रजिष्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गर्नुपर्नेछ। त्यसपछि पाइने ट्राभल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्न पाइने भएको छ। दूतावासका अनुसार कतारमा दुवै मात्रा कोरोना खोप लगाएर प्रमाण पत्र लिएका यात्रुहरुले खोप लगाएको १२ महिनाभित्र फेरि कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरिएको छ।
दूतावासका अनुसार कतारले फाइजर, बायोनटेक, मोडर्ना, एस्ट्राजेनेका र जेन्सन खोपलाई मान्यता दिएको छ। ती खोप कुनै पनि देशमा लगाएको १४ दिन पूरा गरेर खोप प्रमाणपत्र लिएका यात्रुले कतार पुगेर क्वारेन्टिनमा बस्नुनपर्ने नियम ल्याइएको छ।

समाजवादीका चितवन जिल्ला सदस्य कमलबहादुर घिमिरे एमालेमा प्रवेश


