साउदीको सडकमा ड’रलाग्दो मुखुटो लगाएर मान्छे तर्साउँदै हिड्ने ४ जना पक्राउ

साउदीको सडकमा ड’रलाग्दो मुखुटो लगाएर मान्छे तर्साउँदै हिड्ने ४ जना पक्राउ

उज्यालो नेपाल, साउन १७- साउदीको राजधानी रियादको सडकमा मान्छे त’र्साउँदै हिड्ने चारजनालाई रियाद प्रहरीले पक्राउ गरेको छ । सार्बजनिक स्थान, पार्क, सडक र सपिंग मलहरुमा मुखमा ड’रलाग्दो मास्क लगाएर चार जनाको समुहले मान्छे त’र्साउँदै हिंडेको थियो । रियाद पुलिसका प्रवक्ताले शुक्रबार बताए अनुसार साउदी अरेबियामा ड’रलाग्दो मास्क लगाएर र सार्वजनिक स्थानहरुमा मानिसहरुलाई ठट्टा गरेको आ’रोपमा चार जना पक्राउ परेका हुन्।

प्रवक्ता मेजर खालिद अल-क्राइडिसका अनुसार टि ४ जनाले मान्छे त’र्साउँदै भिडियो बनाएर सोसल मिडियामा अपलोड गर्ने गरेका थिए । गत हप्ता साउदीमा त्यो भिडियोहरु निकै भा’ईरल बनेका थिए । मानिसहरुलाई पिछा गर्दै त’र्साउने कम गरेर आ’तंक फैलाएको आरो’पमा उनीहरु पक्राउ गरेका हुन् ।

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार ती पुरुषहरु बीस देखि तीस वर्ष उमेर समुहका साउदी अरबका नागरिकहरु हुन् । विश्वका अन्य देशहरुमा यसरी मान्छे त’र्साउने कार्यलाई मनोरन्जनको रुपमा हेर्ने गरिए पनि साउदी लगायत क’डा मु’स्लिम कानुन भएका देशहरुमा यस्ता कार्यहरुलाई अपरा’धको रुपमा हेर्ने गरिन्छ ।

https://ujyaalonepalnews.com/archives/15273

Previous articleखोप लगाएका विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लगाएपछि कतारको रोजगारी निल्नु न ओकल्नु
Next articleसौराहाको आँगनीमा हुर्कंदै गरेका पुष्पा र अन्जलीको कथा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।