नेपालीहरु अब युएई जान पाउने; के के छन् शर्तहरु ? हेर्नुहोस् पूर्ण विवरण
काठमाण्डौ – यूएईको ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएका नेपालसहित ६ देशका नागरिकहरू आउँदो २१ गतेदेखि यूएई प्रवेश गर्न पाउने भएका छन् । खोप लगाएका भ्यालिड रेसिडेन्सी भिसा भएका नेपाली नागरिकसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति दिने निर्णय गरेको गल्फ न्युजले खबर लेखेको छ ।
यूएईको ‘जनरल सिभिल एभियसन अथोरिटी र नेशनल इमर्जेन्सी क्राइसीस् एण्ड डिसास्टर म्यानेजमेन्ट अथुरिटीले मंगलबार यस्तो निर्णय गरेको खबरमा उल्लेख छ । कोरोना सङ्क्रमण रोकथामका लागि यूएईले नेपालसहित, भारत पाकिस्तान, श्रीलङ्का लगायतका देशबाट आउने यात्रु माथि प्रतिबन्ध लगाएको थियो ।
अब अगस्ट ५ देखि नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, नाइजेरिया र युगान्डाबाट कोरोना विरुद्धको खोप लगाएका ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएकाहरु यूएई प्रवेश गर्न पाउनेछन् । यूएईले मोर्डना, फाइजर बायोएनटेक, स्पुतनिक भी, अक्फोर्ड अस्ट्राजेनेका र सिनोफर्मा(भेरोसेल) खोपलाई मान्यता दिएको छ ।
नेपालबाट पनि भेरोसेल खोपको दुवै मात्रा लगाएको र भ्यालिड रेसिडेन्सी भिसा छ भने अब यूएई प्रवेश गर्न पाइनेछ । मंगलबार, राष्ट्रिय आपतकालीन संकट र आपदा व्यवस्थापन प्राधिकरण (NCEMA) ले घोषणा गरेको छ कि मुख्य क्षेत्रहरु बाट खोप र खोप नलागेका यात्रीहरुलाई पनि प्रवेश को अनुमति दिइनेछ। यसमा युएईमा कार्यरत स्वास्थ्यकर्मीहरु: डाक्टरहरु, नर्सहरु र टेक्नीशियनहरु सामेल छन्।
अनुमती दिइएका देशहरु
- India
- Pakistan
- Sri Lanka
- Nepal
- Nigeria
- Uganda.
युएईमा मान्यता प्राप्त खोपहरु
- Pfizer-BioNTech
- Sinopharm
- Oxford-AstraZeneca
- Moderna
- Sputnik V
https://ujyaalonepalnews.com/archives/15304


