पासपोर्ट नविकरणको लागी साउदीमा घुम्ती शिविर संचालन हुँदै; कसलाई सम्पर्क गर्ने? सम्पर्क नम्बर सहित

निराजन घिमिरे, अगस्ट ५-  साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै अल-कासिममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । नेपाली दुताबासले एक विज्ञप्ति जारी गर्दै अल-कासिममा कार्यालय संचालन हुने मिति समय र स्थान बारे जानकारी दिएको हो! यस अघि पनि विभिन्न मितिमा अल-कासिम, दमाम, जुबेल लगायत स्थानमा यस्तै अफिस संचालन गरिएको थियो!

पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा विभिन्न शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! साउदी अरबमा कोभिड-१९ महामारीको जोखिम कायमै रहेको हुंदा राहदानी आवेदनका लागि अस्थायी शिविरमा आउँदा भिडभाड नगर्न नगराउनुहुन द्ताबासले सम्पूर्णलाई आग्रह गरेको छ ! दुताबासको सुचना यस्तो छ!

अल-कसिममा राहदानी आवेदन संकलन शिविर सञ्चालन गर्नेसम्बन्धी सूचना !

राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहनुहुने सेवाग्राहीलाई उहाँहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्य अनुरुप राजदूतावासले यसअघि साउदी अरबका विभिन्न शहरमा राहदानी आवेदन संकलन शिविर सञ्चालन गरिसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ । यसै सिलसिलामा देहायको मिति, स्थान र समयमा कसिममा राहदानी आवेदन संकलनका लागि शिविर सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ

  • मितिः शुक्रबार २० अगष्ट २०२१
  • समयः बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म
  • स्थानः- होटेल सुकराई प्यालेस, बुरयदा, अल-कसिम (माग्राबी इशारा निजकै)
  • लोकेशन हेर्न यँहा क्लिक गर्नुहोला

सम्पर्क व्यक्तिहरूः

  • श्री विशाल श्रेष्ठ- मोवाइल नं. 0535470253
  • श्री शालिक पाण्डे- मोवाइल नं. 0560937130
  • श्री कृष्ण अधिकारी- मोवाइल नं. 055 603 6023
  • श्री यादब घिमिरे – मोवाइल नं. 0580169289
  • श्री बिष्णु प्रसाद पाण्डे – मोवाइल नं. 0581250792
  • श्री मनिष कोइराला – मोवाइल नं. 0581605697
  • श्री श्याम गिरी – मोवाइल नं. 0598539083
  • श्री नेत्र न्यौपाने – मोवाइल नं. 059736100

राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूः

  • सक्कल राहदानी
  • राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
  • नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी
  • राहदानी दस्तुर साउदी रियाल- २००।
  • राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।–

महत्वपूर्ण नोटः साउदी अरबमा कोभिड-१९ महामारीको जोखिम कायमै रहेको हुंदा राहदानी आवेदनका लागि अस्थायी शिविरमा आउँदा भिडभाड नगर्न नगराउनु हुन राहदानी आवेदनको लागि आउँदा सम्बन्धित व्यक्ति मात्र आउनु हुन समेत अनुरोध छ । नेपाली राजदूतावास, रियाद ०४ अगष्ट २०२१

https://ujyaalonepalnews.com/archives/15320

Previous articleयुएई फर्कन अनलाईन फारम भर्नु पर्ने, फारम भर्न के के कागजात चाहिन्छ? कसरी भर्ने ?
Next articleदेश चलाउन विदेश बाट रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल भन्सारमा सास्ती किन ? -मन्त्री जनार्दन शर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।